माधब पौडेल, २५ वैशाख।कञ्चनपुरको बेलौरी चिया ग्रुपको आयोजनामा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ स्तरीय प्रतियोगिता बेलौरी बजारस्थित व्याडमिन्टन हलमा आगामी वैशाख २६ देखि २७ गते पुरुष डबल्स “दोस्रो चिया कप ब्याडमिन्टन प्रतियोगिता”आयोजना हुने भएको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै स्वस्थ समाज निर्माण गर्ने तथा स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बेलौरी चिया ग्रुपका अध्यक्ष दिनेश कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा क्षेत्रभरिका खेलाडीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३५ हजार ट्रफी मेडल र प्रमाणपत्र दोस्रो हुने टिमले नगद रु २५ हजार ट्रफी मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले नगद रु १५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष कुँवरले जानकारी दिनुभयो। प्रतियोगिताको समुद्घाटन कार्यक्रम वैशाख २६ गते बिहान १० बजे हुने आयोजकले जनाएको छ।आयोजकले जनप्रतिनिधि, खेलप्रेमी, समाजसेवी तथा स्थानीयवासीलाई कार्यक्रममा सहभागी भई प्रतियोगिता सफल बनाउन आग्रह गरेको छ।बेलौरी क्षेत्रमा खेलकुद गतिविधिलाई थप सक्रिय बनाउन प्रतियोगिताले महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले लिएको छ।
प्रतिक्रिया दिनुहोस