२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

हाम्रो बारे

बेलौरी अनलाइन खबर प्रा लि को परिचय
आजको युग सूचना र सञ्चारको युग हो । सूचनाको हकलाई लोकतान्त्रिक मुलुकमा जनताको संवैधानिक रुपमा व्यवस्था गरिएको हुन्छ । ग्रामीण समुदायलाई आफ्नो हक अधिकारको बारेमा सूचित बनाउदै सचेत नागरिक विकास नभए सम्म समाजको विकास सम्भव छैन । सार्वजानिक सरोकारका विषयमा बहस, अन्तरक्रिया, अनुगमन,लगायतका राम्राका प्रोत्साहन गर्दै सदैव नकारात्मक कामको भन्डाफोरमा बेलौरी अनलाइन खबर प्रा लि द्वारा सञ्चालित (www.belaurionline.com) केन्द्रित छ । बिगत १ बर्षदेखी कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नम्बर ४ मा कार्यालय स्थापना गरि सञ्चालनमा ल्याइएको छ।

बेलौरी अनलाइन खबर प्रा.लि. द्वारा सञ्चालित २०७९ साल आश्विन ५ गते कम्पनी रजिस्ट्रार कार्यालय त्रिपुरेश्वर काठमाडौमा दर्ता भइ २०७९ साल फाल्गुन ३ सूचना प्रसारण बिभाग सञ्चार ग्राम काठमाण्डौँमा दर्ता गरिएको हो।
समाजको सर्वांगीण विकासलाई ध्यानमा राखी आफ्नोे लक्ष्य निर्धारण गरेको छ । लोकतान्त्रिक विकासका लागी अत्यावस्यक पारदर्शी, विभेद रहित, सुशासित, लोक कल्याणकारी र सम्वद्ध समाजको निमार्ण गर्ने लक्ष्य रहेको छ ।