२०८३ भाद्र २६, शुक्रबार | Fri, 11, Sep, 2026

बाईसी बिचवा खानेपानी समितिको छैठौं साधारणसभा सम्पन्न, अध्यक्षमा सहमति नजुट्दा नयाँ समिति गठन हुन सकेन


  • २०८३ भाद्र २१, आईतबार मा प्रकाशित ५ दिन अघि
  • ७३ पाठक संख्या
  • धनबहादुर बिक,२१ भाद्र।कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० स्थित बाईसी बिचवा खानेपानी तथा सरसफाइ समिति स्किम नम्बर १ पुनर्वासको पाचौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।“शुद्ध पानी खाऊ स्वस्थ रहौ” भन्ने मुल नारा सहित आईतवार समितिको छैठौं बार्षिक साधारणसभा संस्थाको आफ्नै सभाहलमा सम्पन्न भएको हो। चुनावी साधारणसभा समेत रहेको वाईसी बिचवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको बिबिध कार्यक्रम सहित सम्पन्न गरिएको छ।यद्यपि आपसि असहमतिका कारण नयाँ बन्ने भनिएको समिति चयन हुन सकेन।निवर्तमान अध्यक्ष गोपाल काफ्ले र निवर्तमान सचिव बिष्णु बिक दुबैले अध्यक्षका लागि दावी गरेको तथा आईतवार साँझसम्म पनि सहमति हुन नसकेपछि निर्वाचन मण्डलले सहमतिका लागि ३ दिनको म्याद थप गरेको निर्वाचन मण्डल का सदस्य कांसिराम बोहराले जानकारी दिनुभयो।तिनदिन सम्म पनि अध्यक्ष लगायत अन्य कार्यसमितिका लागि सहमति जुटन सकेन भने निर्वाचन प्रक्रियामा जाने निर्वाचन मण्डलका सदस्य भिम बहादुर लामाले बताउनुभयो।संस्थाको विधानअनुसार नौ सदस्यीय समिति रहने एबं कार्यसमितिको समयअवधि चार वर्षको रहने जनाईएको छ।

    निर्वाचनका लागि संस्थाका संस्थापक उपाध्यक्ष बौद्ध लामाको अध्यक्षतामा ३ सदस्यीय समिति चयन गरिएको थियो भने सदस्यमा भिम बहादुर लामा र काशिराम बोहरा रहेका थिए।९ सय ३० खानेपानी उपभोक्ता सङ्ख्या रहेको बाईसिबिचवा खानेपानी संस्थाले संथापनाकालदेखि हालसम्म बिहान दिउँसो र संझ गरि तीन समय शुद्ध पानी वितरण गर्दै आएको छ ।

    पुनर्वास नगरपालिकामा यस अघिनै निर्माण भईसकेका तथा हाल निर्माण भएका केही खानेपानी सेवा सेवाविहिन रहेको अवस्थामा बाईसिबिचवा खानेपानी संस्थाले स्थापनाकालदेखि हालसम्म पनि निरन्तर रूपमा उपभोक्तालाई प्रभावकारी खानेपानी सेवा प्रदान गर्दै आएकोमा कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले सञ्चालक समितिको प्रशंसा गरेका थिए।२०५६ सालमा स्थापना भई २४३ खानेपानी उपभोक्ता बाट सेवा शुल्क लिई केही बर्ष मात्र खानेपानी वितरण गरेको त्रिभुवनबस्ती खानेपानी संस्थाले प्राविधिक समस्या देखाएर विगत पाँच बर्षदेखि खानेपानी सेवा ठप्प पार्दै आएको छ भने कालिका खानेपानी सेवा तथा अमरबस्ति डोकेबजार खानेपानी समितिले आवस्यक बजेट अभावका कारण खानेपानी ट्याङ्की निर्माण गरि पाईप लाईन बिछाउने कार्य समेत पूरा गर्न सकेको छैन ।

    ५ करोड ३४ लाख लागतमा २ लाख २५ हजार लिटर क्षमताको निर्माण भएको बाईसिबिचवा खानेपानी बाट हाल ९३० उपभोक्ता लाभान्वित रहेका छन। वडा नम्बर १० मा १३ सय ५० घर धुरि रहेका छन भने आगामी केही बर्ष भित्र सबै उपभोक्तालाई खानेपानी सेवा वितरण गरिने लक्ष्य रहेको अध्यक्ष गोपाल काफ्लेले बार्षिक प्रतिवेदनमा उल्लेख गरेका थिए ।कार्यक्रममा संस्थाका सचिव बिष्णु बिकले आर्थिक बर्ष ०८२/०८३ को ४२ लाख ३३ हजार ३१३ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।

    संस्थाका अध्यक्ष गोपाल काफ्लेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका वडा नम्बर १० का अध्यक्ष सुकदेब राना रहेका थिए।कार्यक्रममा सुदूरपश्चिम फुटबल संघ महासचिव कांशिराम बोहरा बिशिस्ट अतिथि रहेका थिए भने विभिन्न वडाका सदस्य,विभिन्न पार्टीका प्रतिनिधि,सहकारी सदस्य,सामुदायिक वन समिति पदाधिकारी,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत कार्यक्रममा अतिथि रहेका थिए ।संस्थापक उपाध्यक्ष बौद्ध लामाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बिष्णु बिकले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट