२०८३ भाद्र २६, शुक्रबार | Fri, 11, Sep, 2026

मेगा सहकारीको १३औँ साधारण सभा भव्य रूपमा सम्पन्न, उत्कृष्ट सदस्यलाई सम्मान


  • २०८३ भाद्र २०, शनिबार मा प्रकाशित ६ दिन अघि
  • ११३ पाठक संख्या
  • महेन्द्र सिंह भाट, २०भाद्र।कञ्चनपुरको बेलौरीमा शाखा कार्यालय रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको (बेलौरी सेवा केन्द्र) को १३औँ वार्षिक साधारण सभा–२०८३ बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित प्रेम होटल लज एण्ड रेष्टुरेन्टमा शनिबार सम्पन्न भएको छ।संस्थाका उपाध्यक्ष रबिन्द्र धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बेलौरी नगरपालिका कृषि विकास प्राविधिक सहायक सुशिला बोहरा, विशिष्ट अतिथि उग्रतारा बाल विद्यालयका प्रधानाध्यापक केशव सिंह विष्ट, नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने तथा इलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक वीर सिंह धामीको उपस्थिति रहेको थियो।सभामा संस्थाका सभापति रबिन्द्र धामीले संस्थाको वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्दै आगामी वर्षका लक्ष्य तथा योजना बारे जानकारी गराउनुभएको थियो। उहाँले संस्थाको आर्थिक तथा संस्थागत विकासलाई थप प्रभावकारी बनाउँदै सदस्यहरूको हित र सहकारीको उद्देश्यअनुसार आगामी दिनमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।सभाका अवसरमा संस्थाले उत्कृष्ट नियमित बचततर्फ देउ प्रसाद चौधरी र राम माया श्रेष्ठ, उत्कृष्ट बाल बचततर्फ दीप बडू, उत्कृष्ट ऋण कारोबारतर्फ ललित गिरी, उत्कृष्ट नारी बचततर्फ सीता राना तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने सदस्यतर्फ डम्मर सिंह विष्टलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ।कार्यक्रमको सहजीकरण संस्थाको बेलौरी शाखाका शाखा प्रमुख केशव अवस्थीले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट