धनबहादुर बिक ,पुनर्वास, २१ भाद्र।“स्वच्छ सडक, सुन्दर समाज हाम्रो अभियान”मुल नारा आईतवार पुनर्वास नगरपालिका १० स्थित नवयुग युवा क्लबका युवाहरूले गाउँ टोल सरसफाइमा जुटेका हुन ।
युवाहरू वडा नम्बर १० अन्तर्गतका मुख्य तथा सहायक सडक छेउका झाडी सरसफाइ गर्नुका साथै सडकमा हुने खाल्डाखुल्डी पुर्ने कार्यमा जुटेका छन ।
क्लबका अध्यक्ष राजेश कुमार रानाको अगुवाई तथा क्लबको आयोजना सञ्चालन गरिएको सरसफाइमा सशस्त्र प्रहरी बिओपी दोदा पोष्ट,डोकेबजार अस्थाई प्रहरी चौकिका जवानहरू,स्थानीय क्लबका युवाहरू स्थानीय समाजसेवी बुद्धिजीवीको विशेष सहभागिता रहेको थियो।आयोजित सडक सरसफाइ कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहभागी, महानुभावहरूलाई अध्यक्ष रानाले धन्यवाद व्यक्त गर्नुभएको थियो।
तपाईंहरूको समय,श्रम,साथ र उत्साहले हाम्रो अभियानलाई अझ प्रभावकारी बनाएको छ।आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछौँ रानाले आफ्नो भनाइमा व्यक्त गर्नुभयो।समाज सुधार कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व भएकाले सबैको निरन्तर सहयोग र सहभागिता आवश्यक रहेको अध्यक्ष रानाले बताउनुभयो।
श्रावण भदौमा वर्षाद सुरु भए संगै सडक छेउछाउ तिब्र रूपमा झाडी जंगल बढेपछि स्थानीय युवाहरू सरसफाइमा जुटेका हुन । वडा नम्बर १० अन्तर्गतका मुख्य तथा सहायक सडक छेउका झाडी सरसफाइ गर्नु का साथै सडकमा हुने खाल्डाखुल्डी पुर्ने कार्यमा जुटेका छन ।
प्रतिक्रिया दिनुहोस