
बेलौरी,भाद्र १९।कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका गोकुलपुरका युवाहरूद्वारा भाद्र १० गते रसुवामा आएको बाढी–पहिरोबाट प्रभावितका लागि सानो प्रयास फाउन्डेशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७५ हजार सहयोग गरेको छ।
उक्त रकममध्ये रु. ५५ हजार वैदेशिक रोजगारीमा रहेका फाउन्डेशनमा आवद्ध पदाधिकारीबाट संकलन गरिएको हो। त्यस्तै,फाउन्डेशले दुई जना जापानी नागरिकबाट रु.२० हजार सहयोग प्राप्त भएको सानो प्रयास फाउन्डेशनका उपाध्यक्ष रुपेश खत्रीले जानकारी दिनुभयो।विपद् परेका नेपालीको दुःखमा साथ दिने उद्देश्यले सहयोग गरिएको उपाध्यक्ष खत्रीले बताउनुभयो।

फाउन्डेशनले यसअघि पनि बेलौरी नगरपालिका वडा नम्बर ३ का क्यान्सरपीडित बिरामीलाई सहयोग गरेको थियो। आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिँदै आफ्नो गाउँ–ठाउँदेखि देशका विभिन्न आवश्यक स्थानमा सक्दो सहयोग गर्ने सोच र योजना रहेको उपाध्यक्ष खत्रीले बताउनुभयो।हाम्रो यो सानो प्रयासले कसैको जीवनमा थोरै भए पनि राहत र आशा दिन सकोस् भन्ने नै हाम्रो मुख्य उद्देश्य हो उहाँले भन्नुभयो।
प्रतिक्रिया दिनुहोस