धनबहादुर बिक,१५ भाद्र।नेपाल भारत मैत्री संघ उपशाखा पुनर्वासद्वारा आयोजित ३ महिने आधारभुत सिलाईकटाई तालिम समापन भएको छ।

नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालय काठमाण्डौं बबरमहलको आर्थिक सहयोग तथा मैत्री संघ पुनर्वास उपशाखा को आयोजनामा सञ्चालित ३ महिने आधारभुत सिलाईकटाई तालिमको सोमबार समापन भएको हो।१८ जना स्थानीय महिला तथा युवतीहरू सहभागी उक्त तालिममा प्रशिक्षार्थीहरूले भोटो डबल भोटो बेबी सुरवार , बच्चाको टोपी,एपरन,पेटिकोट समिच,मेक्सी,बाबा सर्ट,हाफ कट्टु,बकस पेटिकोट,सादा फर्क,पलाज सुरवाल,पटियाला सुरवाल लगायत २० वटा परिकारहरू सिलाउन जानेको बताएका छन।
३ महिनाको अवधिमा सिलाउन सिकेका २६६ पिस तयारी पोसाकहरू सोही कार्यक्रम बिच नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा लाई हस्तान्तरण गरिएको थियो।उक्त तयारी पोषाकहरू नेपाल रेडक्रस उपशाखा पुनर्वास कि सदस्य देबि भट्टले बुझ्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि हरिशंकर ठाकुरले सीप सिकेर जिविकोपार्जनका लागि लगनशील भएर सहभागी हुने महिलाहरूलाई धन्यवाद दिंदै आगामी दिनमा थप तालिमका लागि आफुले पहल गर्ने बताउनुभयो।, सीप सिकेर मात्रै हुँदैन त्यसलाई व्यवहारमा प्रयोग गर्दै स्वरोजगारको वातावरण अपनाउनु पर्ने कार्यक्रमका बिशिस्ट अतिथि तथा पुनर्वास उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले बताउनुभयो।सो का लागि आफ्नो तर्फबाट आवस्यक सहयोग गर्न आफू तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि पुनर्वास नगरपालिका ६ का वडा अध्यक्ष मित्र सिंह लामाले प्रशिक्षार्थीहरूका लागि नगरपालिका बाट गरिनुपर्ने जुनसुकै सहयोगका लागि आफुले पहल गर्ने बताउनुभयो।सिलाईकटाई सम्बन्धि थप तालिमको आवश्यक परेमा प्रशिक्षार्थी दिदिबहिनीहरूले सयुंक्तरूपमा नगरपालिकामा निवेदन दिएको खण्डमा साझेदारी सहयोगमा तालिम उपलब्ध गराईदिने पुनर्वास नगरपालिका रोजगार शाखा प्रमुख सुशीला देउवाले बताउनुभयो।
तीन महिने तालिमका लागि पुनर्वास उधोग बाणिज्य संघले तालिम हलको निशुल्क व्यवस्था मिलाएको थियो भने सिलाई मेसिन पुनर्वास नगरपालिकाले उपलब्ध गराएको थियो।तीन महिने सिलाई कटाई तालिमको प्रशिक्षकको रुपमा लिला बम रहनुभएको थियो। नेपाल भारत मैत्री संघ पुनर्वासका अध्यक्ष बिश्वनाथ बिष्टको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव नविन कुमार तिमिल्सिनाले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस