२०८३ भाद्र २६, शुक्रबार | Fri, 11, Sep, 2026

बेलौरी:पेसवानको आयोजनामा अन्तरसमुदाय विपद् व्यवस्थापन समितिबीच सिकाइ आदान–प्रदान


  • २०८३ भाद्र १४, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • ३८२ पाठक संख्या
  • माधब पौडेल, १४भाद्र। कञ्चनपुरको बेलौरी स्थित प्रेम होटलमा आइतबार पेसवान कंचनपुरको आयोजनामा बेलौरी र पुनर्वास नगरपालिकाको सहकार्यमा पेसवान र प्राक्टिकल एक्सनको साझेदारीमा सञ्चालित समुदायका लागि जलवायु उत्थानशिल कार्यक्रम बेलौरी र पुनर्वास नगरपालिका अन्तर समुदाय स्तरिय विपद् व्यवस्थापन समिति बीच उत्थानशिलताका लागि अनुभव, अभ्यास,नवप्रवर्तन तथा सिकाइ आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।यसै क्रममा उदयपुर CDMC का तर्फबाट रुक्मिणी रानाले आफ्नो समुदायमा सञ्चालन भएका गतिविधि, कार्यान्वयनका क्रममा देखिएका चुनौती, असल अभ्यास तथा आगामी योजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। त्यसैगरी, रामनगर CDMC का तर्फबाट लक्ष्मी चौधरी तथा रातो सिमारी CDMC का तर्फबाट मन्त्री रानाले आ–आफ्नो समुदायमा भएका कार्यहरू, सिकाइ, चुनौती, असल अभ्यास र आगामी योजनाबारे अनुभव प्रस्तुत गर्नुभएको थियो।

    कार्यक्रमको सभापति बेलौरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लाल बहादुर चौधरी,प्रमुख पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पदम बहादुर रोकाया,अतिथि बेलौरी नगरपालिका विपद् व्यवस्थापन समिति फोकल पर्सन अशोक पाण्डेय र पुनर्वास नगरपालिकाका विपद् फोकल पर्सन ओमनाथ ढकालको उपस्थिति रहेको थियो।कार्यक्रममा PESWAN का फिल्ड अधिकृत विवेक क्षेडालले पुनर्वास तथा बेलौरी नगरपालिकामा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सञ्चालन भएका विभिन्न गतिविधि, कार्यान्वयनका क्रममा देखिएका चुनौती, अपनाइएका असल अभ्यास तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। साथै, उहाँले विभिन्न CDMC का Gallery Walk का क्रममा सहजीकरण गर्दै समुदायहरूले गरेका गतिविधि तथा सिकाइहरूबीच अनुभव आदान–प्रदान गर्न सहजीकरण गर्नुभएको थियो।

    कार्यक्रममा बेलौरी नगरपालिका वडा नम्बर ५ का उदयपुर र रामनगर तथा पुनर्वास नगरपालिका वडा नम्बर ५ का रातो सिम्री र कालिका सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी थिए।चारवटै समितिले पछिल्ला दुई वर्षमा गरेका काम, उपलब्धि, चुनौती, असल अभ्यास र आगामी योजनाबारे प्रस्तुति गरेका थिए। सहभागीहरूले आफ्ना समुदायमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका क्रममा प्राप्त अनुभवसमेत साझा गरेका थिएबिचपुरी CDMC का अध्यक्षले CDMC गठनपश्चात समुदायमा विशेषगरी महिला सशक्तीकरणमा सकारात्मक सहयोग पुगेको अनुभव सुनाउँदै आगामी दिनमा पनि समुदायमा प्रभावकारी तथा उदाहरणीय कार्यहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
    कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष पदमबहादुर रोकायाले विपद् व्यवस्थापनमा समुदाय नै पहिलो तहको जिम्मेवार पक्ष भएकाले स्थानीयस्तरमै पूर्वतयारी र सचेतना बढाउनुपर्ने बताउनुभयो। एउटा समुदायले अपनाएको प्रभावकारी अभ्यास अर्को समुदायले सिकेर कार्यान्वयन गर्न सके विपद् जोखिम न्यूनीकरणमा थप उपलब्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो।कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका–५ का वडा अध्यक्षले यस्ता कार्यक्रमहरूले विभिन्न CDMC हरूबीच Cross Learning तथा अनुभव आदान–प्रदानको अवसर सिर्जना गर्ने बताउनुभयो। उहाँले पुनर्वास नगरपालिका–५, रातोतालमा Safe Shelter निर्माणमा सहयोग पुर्‍याएकोमा PESWAN लाई धन्यवाद समेत व्यक्त गर्नुभयो।

    कार्यक्रममा पुनर्वास नगरपालिकाका DRR Focal Person ओमनाथ ढकालले CDMC हरूलाई थप सुदृढ र प्रभावकारी बनाउन नगरपालिकाबाट आवश्यक सहयोग तथा विभिन्न विषयमा अभिमुखीकरण प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

    चार वटै सामुदायिक विपद् व्यवस्थापन समितिले गरेका काम चुनौती, असल अभ्यास र आगामी योजना प्रस्तुत गरिएको पेसवान कंचनपुरको फिल्ड अधिकृत दीपशिखा जोशीले जानकारी दिनुभयो। कार्य्रकममा अन्य वडाका सामुदायिक विपद् व्यवस्थापन समितिको उपस्थिति रहेका सदस्यहरूले समुदाय स्तरमा गरेका काम विषयमा अनुभव आदान प्रदान गरेका थिए।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट