२०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

बाईसी बिचवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ समिति गठन, अध्यक्षमा पुन:काफ्ले


  • २०८३ भाद्र २८, आईतबार मा प्रकाशित ११ घण्टा अघि
  • ७५ पाठक संख्या
  • धनबहादुर बिक,२८ भाद्र। कंचनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० मा रहेको बाईसी बिचवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नौ सदस्यीय नयाँ कार्यसमिति तथा ३ सदस्यीय लेखा समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।आईतवार संस्थाको आफ्नै सभाहलमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको नामावली सार्वजनिक गरिएको हो।बाईसी बिचवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैटौं बार्षिक साधारणसभा बाट नौ सदस्यीय कार्यसमिती तथा तीन सदस्यीय लेखा समिति सर्वसम्मत रुपमा चयन गरिएको छ।

    नवगठित समितिको अध्यक्षमा पुन गोपाल काफ्ले चयन भएका छन।भने उपाध्यक्षमा विरभान विष्ट, सचिवमा पुनः बिष्णु बिक,कोषाध्यक्षमा भगवती कुमारी खडकालाई चयन गरिएको छ।सदस्यहरूमा दुर्गा कुवँर,रत्नादेवी बोहरा,विष्णु केसी,मेनुका राना र बिस्नादेवी भट्ट रहेका छन।त्यसैगरी लेखा समितिको संयोजकमा राजु महता र सदस्यमा राम विष्ट,रामलाल राना सर्वसम्मत रूपमा चयन भएका छन ।

    भाद्र २१ गते संस्थाको छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको थियो भने चुनावि साधारणसभा समेत रहेको कार्यक्रममा सहमति नजुटदा समिति चयन हुन सकेको थिए।नयाँ समिति निर्माण प्रक्रियाका लागि संस्थापक उपाध्यक्ष बौद्ध लामाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल समिति गठन गरिएको थियो।तत्कालीन समयमा समिति चयनका लागि सहमति नहुदा निर्वाचन मण्डलले सहमतिका लागि समय थप गरेको थियो भने दुई दिन अघि मात्र सर्वसम्मत रूपमा चयन गरिएको समितिलाई आईतवार औपचारिक रूपमा घोषणा गरिएको थियो ।

    नयाँ समितिलाई बधाई तथा पुरानो समितिलाई विदाई कार्यक्रम मा निर्वाचन मण्डल का अध्यक्ष बौद्ध लामाको सभापतित्वमा कार्यक्रम को आयोजना गरिएको थियो भने पुनर्वास नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुकदेब राना प्रमुख अतिथि रहेका थिए।नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिंदै कार्यक्रम को समापन गरिएको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन मण्डलका सदस्य काशीराम बोहराले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट