धनबहादुर बिक,१३ भाद्र।गत भाद्र १० गते रसुवा जिल्ला स्थित भोटेकोसीमा आएको विनाशकारी बाढीको चपेटामा परि दिवंगत हुनुभएका स्वदेशी तथा बिदेशी नागरिकहरूको सम्झनामा गाईजात्रा कार्यक्रम गरिएको छ ।

शनिबार नेवा देय दबु एबं कञ्चन नेवा समाज पुनर्वासले आयोजना गरेको गाईजात्रा कार्यक्रममा भोटेकोसी बाढीमा दिवंगत हुनुभएका हरूको स्मृतिमा गाईजात्रा कार्यक्रमको आयोजना गरिएको थियो भावपुर्ण श्रद्धाञ्जली,शोकसन्तप्त परिवारजनलाई गहिरो समवेदना ,यस दुखत घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस,दिवंगत आत्माको चिर शान्ति को कामना,तपाईंको स्मृति हाम्रो हृदयमा संधै रहनेछ लगायत उल्लेख गरिएको ब्यानर तथा प्लेकार्ड लिएका नेवार समुदायले पुनर्वास नगरपालिका ६ स्थित प्रतिभानगर बजार परिक्रमा गरेका थिए ।
दुखको यस घडीमा उहाँ हरूको सम्झनामा हामीहरुले अरू के नै गर्न सकिन्छ र यतिबेला बार्षिक परम्परागत चाडपर्व आउदै गर्दा देशमा यति ठुलो घटना हुन गएको छ हामीले हाम्रो मौलिक संस्कृति लाई झल्काउदै सबैजना भेला भएर दिवंगत हुनुभएका स्वदेशी तथा बिदेशी नागरिकहरूको सम्झनामा गाईजात्रा को आयोजना गरेका हौ नृवा देय दबु कञ्चन नेवा समाज पुनर्वास का अध्यक्ष तिल कुमार श्रेष्ठले बताए । नेवार समुदायको भेषभुषा सहित करिब एक सय जना महिला पुरूषहरूको सहभगिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस