२०८३ जेष्ठ १०, आईतबार | Sun, 24, May, 2026

बेलौरीमा ‘दोस्रो चिया कप’ ब्याडमिन्टन प्रतियोगिता सुरु


  • बेलौरी अनलाईन
  • २०८३ बैशाख २६, शनिबार मा प्रकाशित २ हफ्ता अघि
  • ३४७ पाठक संख्या
  • माधब पौडेल, २६ वैशाख। कञ्चनपुरको बेलौरीमा युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै स्थानीय खेल प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ आयोजना गरिएको “दोस्रो चिया कप” ब्याडमिन्टन प्रतियोगिता शनिबार बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उद्घाटन गर्नुभएको छ।

    कार्यक्रमको सभापति बेलौरी चिया ग्रुपका अध्यक्ष दिनेश कुँवर, कार्यक्रमको प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, विशिष्ट अतिथि बेलौरी नगरपालिका नगर उप प्रमुख जोगराम चौधरी, अतिथि बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने, बेलौरी ब्याड मिन्टन क्लबका अध्यक्ष अशोक श्रेष्ठ,नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख हिक्मत बहादुर बिसी, इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख कमल प्रसाद चौधरी, कैलालीमा रहेको टेक केयर अस्पतालका अध्यक्ष वीर बहादुर महता,राष्टिय बाणिज्य बैंकका शाखा प्रमुख टिकाराम बुढा, इसान मेमोरियल अस्पतालका अध्यक्ष आइजाङ कुँवर लगायत स्थानिय सञ्चारकर्मीको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले खेलकुद गतिविधिले युवालाई कुलतबाट टाढा राख्दै सकारात्मक र सिर्जनशील कार्यतर्फ प्रेरित गरेको बताउँदै स्थानीय स्तरमा नियमित रूपमा खेल प्रतियोगिता आयोजना हुनुपर्नेमा जोड दिँदै नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले खेलकुद युवाहरूको भविष्य निर्माण गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक सोचतर्फ अग्रसर गराउने उल्लेख गर्दै स्थानीय तहले खेलकुद विकासलाई उच्च प्राथमिकतामा राखेको समेत बताउनुभयो।उद्धघाटन समारोहको समापनमा बोल्दै बेलौरी चिया ग्रुपका अध्यक्ष दिनेश कुँवरले खेलकुदमार्फत युवाहरूमा अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। अध्यक्ष कुँवरले क्षेत्रभित्र लुकेर रहेका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।चिया ग्रुपले हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले बेलौरी बजारमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको समेत बताउनुभयो।दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा क्षेत्रभरिका २४ टिमको सहभागिता रहेको छ।प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई नगद रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तृतीय हुने टिमलाई नगद रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।बेलौरी चिया ग्रुपको आयोजनामा सञ्चालन भएको निर्वाचन क्षेत्र नम्बर १ स्तरीय पुरुष प्रतियोगिता बेलौरी बजारस्थित ब्याडमिन्टन हलमा आगामी वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ।खेलाडीहरूको उत्साहजनक सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रमको सन्चालन बेलौरी चिया ग्रुपका महासचिव अशोक पाण्डेयले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट