२०८३ भाद्र २६, शुक्रबार | Fri, 11, Sep, 2026

बेलौरीमा निःशुल्क आँखा शिविर :पहिलो दिन ५ सय ५६ जनाको परीक्षण, ८० जनामा मोतियाबिन्दुको समस्या


  • २०८३ भाद्र १३, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • ४१९ पाठक संख्या
  • माधव पौडेल, बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको श्रीपुर स्वास्थ्य केन्द्रमा सञ्चालन भइरहेको शिविरको पहिलो दिन शनिबार ५ सय ५६ जनाको आँखा परीक्षण गर्दा ८० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ।नेपाल नेत्र ज्योति सङ्घ, गेटा आँखा अस्पताल कैलाली र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा दुईदिने शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीमध्ये ४७ जनाको शनिबार निःशुल्क शल्यक्रिया गरिएको गेटा आँखा अस्पताल कैलालीका बाह्य कार्यक्रम संयोजक नरेन्द्र विष्टले जानकारी दिनुभयो।उहाँका अनुसार बाँकी मोतियाबिन्दुका बिरामीको आइतबार शल्यक्रिया गरिने बताउनुभयो।शिविरमा आँखा परीक्षणसँगै अन्य आवश्यक उपचार तथा सेवा पनि निःशुल्क उपलब्ध गराइएको छ। पहिलो दिन १७८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने ४७६ जनालाई निःशुल्क औषधि प्रदान गरिएको विष्टले जानकारी दिनुभयो।ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई घरनजिकै विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।

    शिविरमा आँखासम्बन्धी समस्या भएका स्थानीयको उल्लेख्य सहभागिता देखिएको आयोजकले जनाएको छ।डाक्टर कृपा भट्टराईको नेतृत्वमा १२ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा प्रदान गरिरहेको छ। टोलीले आँखा परीक्षण, रोग पहिचान, उपचार, औषधि तथा चस्मा वितरणसँगै आवश्यक बिरामीको शल्यक्रियासमेत गरिरहेको छ।भाद्र १३ र १४ गते दुई दिन सञ्चालन हुने शिविरको दोस्रो दिन पनि आँखा परीक्षण, उपचार तथा आवश्यकताअनुसार मोतियाबिन्दुको शल्यक्रिया गरिने छ।

     

     

     

     

     

     

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट