२०८३ श्रावण ७, बिहिबार | Thu, 23, Jul, 2026

बेलौरीमा नसर्ने रोग सम्बन्धी पालिका स्तरिय अभिमुखीकरण सम्पन्न


  • २०८३ अषाढ १४, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • १५८ पाठक संख्या
  • माधब पौडेल,१४ असार।बेलौरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा”म स्वस्थ, मेरो समुदाय स्वस्थ स्वस्थ बेलौरी समृद्ध बेलौरी भन्ने मूल नारासहित नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान २०८३ को पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम आइतबार सम्पन्न भएको छ।कार्यक्रमको सभापति बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरी, वडा सदस्य,कार्यपालिका सदस्य, शिक्षक, युवा सञ्जाल, भलमन्सा, महिला सञ्जाल, कृषि समन्वय समितिका पदाधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो।

    स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रशिक्षक सिद्धराज भट्टले उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोगलगायत नसर्ने रोगका लक्षण, जोखिम, रोकथाम र उपचारका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले दिगो विकास लक्ष्यअनुरूप नेपालले अवलम्बन गरेको नसर्ने रोग नियन्त्रण रणनीति र स्वस्थ जीवनशैलीको महत्वबारे पनि जानकारी गराउनुभयो।

    कार्यक्रमको समापनमा बोल्दै सभापति एंव नगर उपप्रमुख जोगराम चौधरीले नसर्ने रोग नियन्त्रणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउँदै नसर्ने रोग केवल स्वास्थ्य क्षेत्रको मात्र विषय होइन, यो परिवार, समाज र समग्र विकाससँग जोडिएको मुद्दा हो। स्वस्थ जीवनशैली अपनाउन र समुदायमा जनचेतना फैलाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्छ। बेलौरी नगरपालिकाले यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

    कार्यक्रमको समापनमा जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सहभागीहरूले नसर्ने रोग नियन्त्रण तथा रोकथामलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइएको बेलौरी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब मानबहादुर चन्दले दिनुभयो।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट