२०८३ कार्तिक ७, शुक्रबार | Fri, 23, Oct, 2026

सूचनाको हकका लागि राष्ट्रिय महासंघका जिल्ला अधिवेशन कार्तिक मसान्तभित्र, प्रदेश अधिवेशन मंसिर १५ सम्म


  • २०८३ कार्तिक ७, शुक्रबार मा प्रकाशित १ घण्टा अघि
  • ३८ पाठक संख्या
  • धनगढी,०६कार्तिक। सूचनाको हकका लागि राष्ट्रिय महासंघले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको जिल्ला अधिवेशन कार्तिक मसान्तभित्र र प्रदेश अधिवेशन मंसिर १५ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।

    सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दको प्रमुख आतिथ्यतामा शुक्रबार धनगढीमा सम्पन्न सूचनाको हकका अभियन्ताहरूको भेलाले यस्तो निर्णय गरेको हो ।

    भेलाले सूचनाको हकको प्रभावकारी कार्यान्वयन, नागरिकको सूचनामा पहुँच विस्तार तथा सार्वजनिक निकायलाई थप जवाफदेही बनाउन अभियानलाई तीव्रता दिने निर्णयसमेत गरेको छ ।

    त्यसैगरी स्थानीय तह तथा प्रदेश सरकार मातहतका मन्त्रालयले सञ्चालन गरिरहेका विकास निर्माणका गतिविधि, योजनाको कार्यान्वयन अवस्था र जनचासोका विषयमा सूचना माग गर्ने निर्णय गरेको छ । सार्वजनिक निकायबाट हुने कामकारबाहीलाई पारदर्शी बनाउँदै नागरिकको सूचनाको हक सुनिश्चित गर्न अभियान सञ्चालन गरिने भेलाले जनाएको छ ।

    भेलालाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले सूचनाको हक सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्ने महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो। सार्वजनिक निकायका कामकारबाहीबारे नागरिकलाई सुसूचित गराउन तथा अनियमितता र बेथितिको निगरानी गर्न अभियन्ताहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न भेलाको सहजीकरण प्रदेश महासचिव निराजन परियारले सञ्चालन गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑