धनगढी, २८असोज।वातावरण संरक्षण र प्लास्टिकजन्य फोहोर न्यूनीकरण गर्ने उद्देश्यले धनगढीमा आसेज वाओ (ASEZ WAO) ले सडक सरसफाइ अभियान सञ्चालन गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रममा करिब ६० जना स्वयंसेवक सहभागी भएका थिए। बुधबार बिहान ७ देखि ९ बजेसम्म बोराडाँडी, उत्तरबेहेडी हुँदै शहीदगेट चोकसम्म करिब तीन किलोमिटर सडकको दायाँबायाँ सरसफाइ गरी ३० बोरा फोहोर संकलन गरिएको थियो। संकलित फोहोर नगरपालिकाको गाडीमार्फत व्यवस्थापनका लागि पठाइएको आयोजकले जनाएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बुद्धि बहादुर खड्काको प्रमुख आतिथ्य तथा वडा सदस्य माया कुमारी सावद भण्डारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक संगठन आसेज वाओले ‘जिरो प्लास्टिक २०४०’ (Zero Plastic 2040) अभियानमार्फत प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण र वातावरण संरक्षणमा जोड दिँदै आएको छ।संगठनले मानवसेवा र पृथ्वी संरक्षणलाई मुख्य प्राथमिकतामा राखेर रक्तदान, विपद्मा स्वयंसेवा, वृक्षारोपण तथा सरसफाइजस्ता गतिविधि सञ्चालन गर्दै आएको छ। ‘हामी एउटै परिवार हौँ, पृथ्वीलाई बचाऔँ’ भन्ने सन्देशसहित आयोजित अभियानले स्वच्छ वातावरण निर्माणमा नागरिकको सहभागिता बढाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस