२०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

बेलौरी ब्याडमिन्टन क्लबको अध्यक्षमा चन्द सर्वसम्मत चयन


  • २०८३ आश्विन १५, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • २१२ पाठक संख्या
  • माधब पौडेल,१५ असोज।बेलौरी ब्याडमिन्टन क्लबले नयाँ नेतृत्व चयन गर्दै क्लबको अध्यक्षमा दिलिप चन्द सर्वसम्मत चयन भएका छन्।

    बिहीबार क्लबको सभाहलमा सम्पन्न अधिवेशनले चन्दको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।नयाँ कार्यसमितिको उपाध्यक्षमा राजबहादुर चन्द, सचिवमा रजनीश भण्डारी र कोषाध्यक्षमा राजेश भट्ट चयन भएका छन्।

    यस्तै, सदस्यहरूमा सुरेन्द्रराज बोहरा, रामबहादुर मगर, कैलाश सिंह बिष्ट, अशोक चौधरी, रविन्द्र श्रेष्ठ, दिनेश चौधरी र सन्तोष साउद रहेका छन्।अधिवेशनपछि नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष अशोक श्रेष्ठले पदभार हस्तान्तरण गरेका थिए। कार्यक्रममा निवर्तमान अध्यक्ष श्रेष्ठको कार्यकालमा क्लबको गतिविधि विस्तार तथा बेलौरी क्षेत्रको खेलकुद विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिएको थियो।

    नवनिर्वाचित अध्यक्ष चन्दले स्थानीय स्तरमा रहेका खेल प्रतिभाको पहिचान र विकाससँगै नियमित प्रशिक्षण, प्रतियोगिता तथा खेल गतिविधिलाई प्राथमिकतामा राखेर क्लबलाई थप सक्रिय बनाउने बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑