२०८३ अषाढ ९, मंगलबार | Tue, 23, Jun, 2026

बेलडाँडीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, १३० जना नागरिक लाभान्वित


  • २०८३ अषाढ ९, मंगलबार मा प्रकाशित ७ घण्टा अघि
  • ५६ पाठक संख्या
  • बेलडाँडी,०९ असार। कंचनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ को आयोजना एंव केयर टेकर अस्पताल प्रा.ली धनगढीको प्राविधिक सहयोगमा रौतेली बिचवा स्वास्थ्य चौकीमा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय ३० जना नागरिक लाभान्वित भएका छन्।मंगलबार आयोजना गरिएको विशेषज्ञ स्वास्थ्य शिविरमा हाडजोर्नी विशेषज्ञ डा. केशवराज भट्ट, वरिष्ठ मेडिकल अधिकृत डा. सञ्जय विक्रम ठगुन्ना लगायतको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका थिए।विशेषगरी हाडजोर्नी, नसा तथा अन्य स्वास्थ्य समस्याका बिरामीहरूले विशेषज्ञ सेवा लिएका थिए।कार्यक्रममा अस्पतालका जनसम्पर्क अधिकृत वीरबहादुर महताले अस्पतालले प्रदान गरिरहेका सेवासुविधा तथा आगामी स्वास्थ्य कार्यक्रमबारे जानकारी दिनुभयो।यसअघि केयर टेकर अस्पताल प्रा.ली.को प्राविधिक सहयोगमा बेलौरी नगरपालिका वडा २ कार्यालयमा यस्तै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको स्मरण गराउँदै समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिइएको अस्पतालका बजार प्रतिनिधि अशोक पाण्डेयले जानकारी दिनुभयो।बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष इन्द्र बहादुर खड्काले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने बताउँदै विशेषज्ञ स्वास्थ्य सेवा लिन समुदायमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा स्थानीयवासी लाभान्वित भएको समेत बताउनु भयो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट