माधव पौडेल,३० असोज।कञ्चनपुरको बेलौरी बजारमा चाडपर्वलाई लक्षित गरी गरिएको बजार अनुगमनका क्रममा म्याद नाघेका मैदाका पास्ता, फलफूल तथा पेय पदार्थ बरामद गरी नष्ट गरिएको छ।
अनुगमन टोलीले मासु पसल तथा होटल व्यवसायीलाई मापदण्डअनुसार सरसफाइ कायम गर्नसमेत निर्देशन दिएको छ।चाडपर्वका बेला उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्नुका साथै बजारमा स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्यवस्तुको बिक्री वितरण सुनिश्चित गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो।
बिहीबार कलकत्ता बजारमा मिठाई, फलफूल तथा मासु पसलको अनुगमन गरेको टोलीले शुक्रबार बेलौरी बजारमा पनि अनुगमनलाई निरन्तरता दिएको थियो। अनुगमनका क्रममा म्याद नाघेका मैदाका पास्ता, फलफूल तथा पेय पदार्थ फेला परेपछि बरामद गरी नष्ट गरिएको थियो।
अनुगमन टोलीले मासु पसल तथा होटल व्यवसायीलाई खाद्य स्वच्छता र सरसफाइसम्बन्धी निर्धारित मापदण्ड पालना गर्न निर्देशन दिएको छ। खाद्यवस्तुको सुरक्षित भण्डारण, पसल तथा भान्छाको सरसफाइ र उपभोक्तालाई स्वच्छ खाद्यवस्तु उपलब्ध गराउने विषयमा व्यवसायीले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ।चाडपर्वका बेला खाद्यवस्तुको माग बढ्ने भएकाले म्याद नाघेका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षण गर्न बजार अनुगमनलाई महत्त्वका साथ हेरिएको छ।
अनुगमन समितिका संयोजक हृदयराज बजगाईं, इलाका प्रशासन कार्यालयका प्रमुख डम्बर सिंह खड्का, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी वरिष्ठ नायब निरीक्षक वीर सिंह धामी, नेपाल पत्रकार महासंघ कञ्चनपुरबाट प्रतिनिधि,सम्बन्धित वडाका प्रतिनिधि, पशु सेवा शाखा तथा कृषि शाखाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस