२०८३ कार्तिक ६, बिहिबार | Thu, 22, Oct, 2026

अविरल वर्षाले पाकेको धानबाली नष्ट,किसान मर्कामा


  • २०८३ आश्विन २२, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • १२४ पाठक संख्या
  • धनबहादुर बिक, २२ असोज।अविरल वर्षाका कारण पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा ठूलो क्षति पुगेपछि किसान मर्कामा परेका छन्।असोज तेस्रो साता आएको अविरल बर्षाले खेतमा पानी जम्दा धान ढलेर कुहिन थालेको छ भने कतिपय ठाउँमा काटेर राखिएको धानसमेत पानीले भिजेर नष्ट भएको किसानहरूले बताएका छन्।वर्षाका कारण खेतमा पानीको सतह बढेपछि पाकेको धान भित्र्याउन नपाउँदै क्षति भएको हो। केही किसानले धान काट्न थाले पनि निरन्तर वर्षाका कारण खेतमै छोड्नुपरेको बताएका छन्। खेतमा ढलेको धान लामो समयसम्म पानीमा डुब्दा उत्पादनमा ठूलो कमी आउने चिन्ता किसानको छ।

    स्थानीय किसानका अनुसार वर्षभरि गरेको मेहनत र लगानीको मुख्य आधार धानबाली नै भए पनि बाली भित्र्याउने समयमा आएको वर्षाले ठूलो क्षति पुर्‍याएको हो। धानबाली नष्ट हुँदा आगामी दिनमा घरखर्च चलाउन तथा परिवारको खाद्यान्न आवश्यकता पूरा गर्नसमेत समस्या हुने उनीहरूको भनाइ छ।पुनर्वास नगरपालिका ७ च गाउँका सुकबहादुर तामाङ को १० कट्ठा , उनकै छिमेकी सन्त बहादुर तामाङ को १ बिगाहा , मानबहादुर तामाङ को १ बिगाह पुनर्वास ८ का कृषक सिद्दराज ओझा को १ बिगाहा लगायत पुनर्वास का धेरै किसानहरूको सयौं बिगाहा धानबालीमा बर्षाले क्षति पुर्याएको छ ।

    बर्षाले पुनर्वास नगरपालिका ५ र ७ उद्री , पराशन र वडा नम्बर ८ खड्का कंकड , वडा नम्बर ९ बिचफाँटा , वडा नम्बर ९ ख गाउँ किर्तिपुर , वडा नम्बर १ , २ र ५ सिमरि क्षेत्र कन धेरै किसानहरूको धानबाली नष्ट पारेको पुनर्वास नगरपालिका कृषि शाखा नायव प्राविधिक सहायक उदयराज ओझाले जानकारी दिएका छन ।

    किसानहरूले क्षतिको तत्काल स्थलगत निरीक्षण गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीय तथा प्रदेश सरकारसँग माग गरेका छन्। साथै, बाँकी रहेको धान सुरक्षित रूपमा भित्र्याउन आवश्यक सहयोग र कृषि प्राविधिकको व्यवस्था गर्नसमेत उनीहरूले आग्रह गरेका छन्।सम्बन्धित निकायले वर्षाका कारण भएको धानबालीको क्षतिको विवरण संकलन गरी किसानलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने माग स्थानीयस्तरमा बढेको छ। समयमै राहत नपाए यस वर्षको धानबालीमा भएको क्षतिले किसानको आर्थिक अवस्था थप कमजोर बन्ने देखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑