धनबहादुर बिक,पुनर्वास २२ असोज ।सीमा क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सीमा सहजीकरण समितिको बैठक सम्पन्न भएको छ।

बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका ६ स्थित सिमावर्ति क्षेत्र मा सिमा सहजीकरण समितिको नियमित बैठक बसि महत्त्वपूर्ण बिषयमा छलफल गरिएको हो।बैठकमा सीमा क्षेत्रमा देखिएका समस्या,नागरिकको आवतजावत तथा आवश्यक सहजीकरणका विषयमा छलफल गरिएको थियो।
बिशेष गरि नेपालीहरूको महान पर्व दशै नजिकिदै गर्दा रोजगारीको सिलसिलामा भारतबाट नेपाल आउने नेपाली तथा घरायसी समान खरिदका लागि सिमावर्ति भारतीय बजार आवतजावत गर्ने नेपाली लाई सहज होस भन्ने उदेश्य ले सिमा सहजीकरण समिति को बैठक बसेको हो ।
बैठकले सीमा क्षेत्रमा नागरिकलाई आवश्यक सूचना तथा सेवा सहज रूपमा उपलब्ध गराउन नागरिक सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। सहायता केन्द्रमार्फत सीमा क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई आवश्यक जानकारी, सहजीकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्ने व्यवस्था गरिने जनाइएको सशस्त्र प्रहरी बल बि ओ पी त्रिभुवन बस्तीका प्रहरी निरिक्षक दिपेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो ।
त्यो संगै खुला सिमा नाकाको फाइदा उठाउदै लागूऔषध ओसारपसार गर्ने तथा लागूऔषध सेवन गर्ने युवाहरूलाई बिशेष निगरानी गर्दै यसलाई न्युनिकरण गर्न नागरिकस्तरबाट समेत आवस्यक सूचना आदानप्रदान गरिनुपर्ने प्रहरी निरिक्षक मल्लले अनुरोध गर्नुभयो।बैठकमा सीमा क्षेत्रमा हुने आवतजावतलाई व्यवस्थित बनाउने, नागरिकका गुनासा तथा समस्याको तत्काल सम्बोधनका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्ने विषयमा समेत छलफल भएको थियो।समितिका पदाधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले नागरिकमैत्री सेवा प्रवाहका लागि सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा सिमा सहजीकरण समितिका अध्यक्ष मित्र सिंह लामाको अध्यक्षतामा भएको कार्यक्रम मा सिमा सहजीकरण सदस्य सचिव दिपेन्द्र बहादुर मल्लले सहजीकरण गर्नुभएको थियो भने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी सहायक निरिक्षक राजेश कुमार चौधरी , वडा नम्बर ६ का वडा सदस्यहरू , पत्रकार तथा स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस