२०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

नेकपा एमाले:कंचनपुर क्षेत्र नं १ मा युवा परिचालनको जिम्मेवारी युवा नेता रोकायालाई


  • २०८२ माघ १५, बिहिबार मा प्रकाशित ३ महिना अघि
  • ४०० पाठक संख्या
  • बेलौरी १५ माघ।फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले कंचनपुरले निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि निर्वाचन क्षेत्र न १ को क्षेत्रीय कमिटिले रोकाया नेतृत्वमा युवा तथा स्वयमसेवक परिचालन उप समितिको संयोजकको जिम्मेवारी कमल रोकायालाई दिएको छ।

    अनेरास्ववियु तथा पार्टीका युवा नेता रोकाया नेतृत्वमा नविन चन्द, सुरेन्द्र शाही, काशी बोहरा, टेक बहादुर थापा, बिक्रम थापा, अमर राना, अशोक सार्की, नरेन्द्र विष्ट, जितराम तामाङ्गलाई जिम्मेबारी दिएको छ।अहिलेको देशको बदलिदो राजनैतिक अवस्था र युवाहरूमाझ जुन प्रकारको भ्रम फैलाइएको छ सो कुरा लाई चिर्दै सत्य र वास्तविक कुरालाई युवाहरु बिच लैजाने नेता रोकायाले बताउनु भयो।अहिले विभिन्न सामाजिक संजालहरु मार्फत युवाहरुको जुन माइण्ड डाईवर्ट गर्ने प्रयास भईरहेको छ त्यो कुरा तथ्य र वास्तविकता आम युवाहरुले बुझ्नु जरुरी रहेको कुरा रोकाया को भनाई छ। एमाले युवा नेता रोकायाका अनुसार अहिलेको निर्वाचन बिशेष रहेको जुन देश बनाउने र देश जलाउने बीचमा भै रहेको र सच्चा देशभक्त देश बनाउने पार्टी एमाले नै भएकोले एमालेलाइ देश बिकासको जिम्मा दिनुको बिकल्प नभएकोले सबै युवाशक्तिलाई एमालेलाई बहुमत दिलाउन लाग्न समेत अह्वान गर्नुभएको छ।

    कंचनपुरको निर्वाचन क्षेत्र नंं १ मा एमाले बाट तारालामा तामाङ संघीय सांसदका उम्मेदवार रहेकोले आफ्नो उम्मेदवारलाई जिताउन स्वच्छता पुर्बक लागेर आफ्नो कर्तब्य निर्वाह गर्ने समेत रोकायाले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट