२०८२ कार्तिक २१, शुक्रबार | Fri, 07, Nov, 2025

भदौ २३–२४ का घटनामा आयोगको एकपक्षीय व्यवहारप्रति एमाले कञ्चनपुरको तीव्र आपत्ति


  • २०८२ कार्तिक १४, शुक्रबार मा प्रकाशित १ हफ्ता अघि
  • २६३ पाठक संख्या
  • कञ्चनपुर,१४कार्तिक।भदौ २३–२४ का घटनामा आयोगको एकपक्षीय व्यवहारप्रति एमाले कञ्चनपुरले नेकपा जिल्ला कमिटी सचिव पल्लवराज भट्टको हस्ताक्षरमा एक प्रेस विज्ञप्ति जारी गर्दै तिब्र आपत्ति जनाएको छ।भाद्र २३ र २४ गते जेन जेडको नाममा भएको बिध्वंसवाट हुन गएको जनधनको क्षतिको छानबिनका लागि बनेको आयोगको टोली हिजो कञ्चनपुरआई सबै पिडित र सरोवालाहरूसंग छलफल नै नगरि भागेको कुरा प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेकपा (एमाले) कञ्चनपुरको भवनमा आगजनी गरिएको कुरा राज्यलाई जानकारी छ की छैन ? राजनितिक दल सरोकारवाला हुन की होइनन् ? सरोकारवालाको छलफलमा आफ्‌नो आस्थाको धरोहर जलाइएका राजनितिकदलहरू लाई नबोलाउने अनि उपस्थितिको माइन्युटमा दलका नामलेखेर अनुपस्थित भए भनेर के साबित गर्न खोजिएको हो ? पिडितहरूकहाँ जादा पनि कसैलाई जानकारी गराउने, कसैको घरमा सुटुक्क पुग्ने, कसैको हेर्दै नहेर्ने र जानकारी समेत नगरि फर्किएको देखियो, आयोगको यस्तो ब्यवहारले वर्तमान आयोग कति गैरजिम्मेवार छ र त्यतिबेलाका अपराधिक घटनाहरूलाई कति हलुका ढंगले लिइ रहेको छ भन्ने स्पष्ट भएको छ ।

    भाद्र २३ गते कलिला युवाहरूमाथी घुस पैठियाहरूले गोली चलाएर आन्दोलन उत्तेजित पार्न हत्या गरेको र प्रहरी संग नभएका हतियारको गोलीले युवाहरूहो हत्या भएको देखिएकोले छानबिनको माग गर्दै आएको कुरा सर्वविदितै छ । त्यसको जगमा २४ गते गरिएको आगजनी तोडफोड सहितको बिध्वंस योजनावद्ध र नियोजित रूपमा गरिएको कुरा घाम झै छर्लङ्ग छ । त्यतिबेलाका योजनाकारहरूवाट त्यो विध्वंसमा परिचालितहरूलाई जोगाउनका लगि यो आयोग लागि परेको होकी ? भन्ने आयोगका यस प्रकारका गतिबिधिवाट गम्भिर आशंका पैदा भएको छ । छानबिनका नाममा अपराधि जोगाउने र झाराटार्ने कार्य मान्य हुने छैन। बर्तामान सरकार संग भाद्र २३ र २४ गतेको घटनाका अपराधिहरूलाई राज्यले यथासिघ्र कावाहींको दायरामा ल्याउन, पिडितलाई न्याय दिन ढिलाई नगर्न, लुटिएका सम्पूर्ण हतियार फिर्ता गरी समाजमा रहेको भय र आतंकको अवस्था अन्त गर्न आग्रह सहितको प्रेस विज्ञप्ति जारी गरेको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट