बेलौरी,२४, असोज। कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयमा बेलौरी नगर कमिटी सचिव हस्तबहादुर विक र प्रदेश सचिवालय कमिटी सदस्य एवं नेकपा एमाले बेलौरी नगर इन्चार्ज करमसाय रानाको संयुक्त हस्ताक्षरमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश बहादुर बुढाथोकी मार्फत नगर प्रमुख पोतीलाल चौधरीलाई शुक्रबार ७ बुँदे ध्यानाकर्षण पत्र पेश गरिएको छ।

बेलौरी नगरपालिकामा बिगत लामो समयदेखी भइरहेको भ्रष्टाचार, बेतिथी, अनियमितता र जनताको विश्वासमाथी खेलवाड गर्ने गतिविधिहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनताको खुन पसिनाको कमाईको अंशबाट तिरेको करको संकलीत बजेटको दुरुपयोग गरि आज, योजना निर्माणमा अपारदर्शिता, केहि सिमित व्यक्तीहरुको राजनितिक संरक्षणमा हुने ठेक्का पट्ठा वितरण, मनपरी रुपले करारका कर्मचारी भर्ना, सरुवा बढ्वा तथा सेवाग्राहीलाई हुने हैरानीले सम्पूर्ण नगरवासीलाई आक्रोशित र आजित बनाएको वास्तविक सत्य हो भनी पत्रमा उल्लेख गरिएको छ।नेकपा एमालेले राखेका सात बुँदे मागहरु यसप्रकार रहेका छन्
माथिका मागहरु निर्धारित समयभित्र सम्बोधन नभएमा हामी बाध्य भएर आन्दोलन, धर्ना, विरोध र संर्घषका चरणवद्ध कार्यक्रमहरु अघि बढाउनेछौं भन्ने चेतावनी सहितको ज्ञापन पत्र बुझाएको छ।ज्ञापन पत्र बुझाउन नेकपा एमाले पार्टी प्रदेश कमिटी समिति सदस्य एवं कञ्चनपुर क्षेत्र नम्बर १ ख का इन्चार्ज रामबहादुर स्वर्णकार, पार्टी प्रदेश कमिटी सदस्य राम बहादुर गुरुङ, कुलवीर चौधरी, सल्लाहकार परिषद् सदस्य लाला बहादुर शाही, प्रेम बहादुर के सी, गजेन्द्र चन्द, जिल्ला कमिटी सदस्य चक्र कठायत, लाल बहादुर चौधरी, नगर कमिटी सदस्य मदन बहादुर चन्द, वडा कमिटी उपाध्याक्ष विष्णु चौधरी, धिर बहादुर खत्री, पूर्व नगर कमिटी सदस्य धरम सिंह ऐरी लगायत नेता कार्यकर्ताको उपस्थिति र
हेको थियो।
प्रतिक्रिया दिनुहोस