बेलौरी, नेकपा एमाले महाधिवेशन प्रतिनिधि चयनका लागि कञ्चनपुर क्षेत्र नं.१ को मतदानमा १ हजार ६० मत खसेको छ । शनिबार बिहान ९ बजेदेखि दिउँसो ४ब जेर ३० बजेसम्म मतदान भएको हो ।

बेलौरी बजारको हाट बजारमा मतदान भएको थियो।मत गणना बेलौरी उद्योग बाणिज्य संघमा राति ८ बजेदेखि गरिने प्रमुख निर्वाचन अधिकृत बी पी उपाध्यायले बताउनुभयो।
खुला सदस्य २ जनाका लागि ४ जना वीर बहादुर थापा,पल्लवराज भट्ट, फैरु तामाङ्ग र लाल बहादुर चौधरी उम्मेदबार हुनुहुन्छ।महिला सदस्य २ जनाका लागि ४ जना पूर्णा कुमारी गुरुङ, कमला चौधरी, शान्ति तामाङ र कल्पना गिरी उमेदवार हुनुहुन्छ।युवामा १ जना प्रतिनिधका लागि सुरेन्द्र शाही र काशीराम बोहरा र कमल कुमार रोकाया उम्मेदवार छ्न।प्रमुख निर्वाचन अधिकृत उपाध्यायका अनुसार बुथ क मा पुनर्वास नगरपालिका र बुथ ख मा बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाका मतदातालाई मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस