धनबहादुर बिक,२५ मंसिर।अएक सहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पुनर्वास ६ को छैठौं बार्षिक साधारणसभा पुनर्वास नगरपालिका वडा नम्बर ६ को सभाहलमा संस्थाको बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष तिल प्रसाद तामाङको सभापतित्वमा भएको कार्यका प्रमुख अतिथि वडा नम्बर ६ का अध्यक्ष मित्र सिंह लामा, बिशिस्ट अतिथिमा पुनर्वास नगरपालिका प्रसासकिय अधिकृत तथा सहकारी बिभाग प्रमुख धौलराम सार्की,अतिथिमा वडा सदस्य ठाकुर प्रसाद शर्मा,पुनर्वास पुर्व श्रोत व्यक्ति बिष्णुभक्त पौडेल लगायत रहेका थिए ।

कार्यक्रममा लेखा संयोजक सितन बिकले आर्थिक बर्ष ०८१/८२ को कुल १ करोड २० लाख ७४ हजार ३० रूपैया बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो।२० जना अपांग,२२ जना महिला,१ जना कुष्ठरोगी ७२ जना सिमान्कृत ७२ जना अन्य गरि १८७ मध्ये ३७ पुरूष १५० महिला अएक सहकारीमा आबद्द रहेको अध्यक्ष को प्रतिवेदनमा उल्लेख गरिएको थियो।सहकारीले शारीरिक रूपमा बिबिध क्षमता भएका सदस्य हरूबाट निर्मित सहकारीले सानो वचतबाट आज १ करोड बराबरको कारोबार गर्न सफल भएकोमा खुसी लागेको कार्यक्रमका अतिथि बिष्णुभक्त पौडेल बताउनुभयो ।
अपांग,एकल,कुष्ठ रोगी समुदायको सहभागिमुलक पहिचानको रूपमा रहेको अएक सहकारीलाई ९ बर्ष अघि तत्कालीन द लेप्रोसि मिशन नेपाल गैरसरकारी संस्थाले ११ लाख नगद बीउ पुञ्जी सहित ४ समुहलाई एक समूह गठन गरि सहकारीको रूपमा संस्था स्थापना भएको अध्यक्ष तिल प्रसाद तामाङले प्रतिवेदनमा उल्लेख गर्नुभयो।
सहकारीले आयआर्जनमा थप वृद्धि गर्न यसै बर्ष देखि बंगुर पालन कार्यक्रम समेत सुरुवात गरेको छ।यो सहकारीको उन्नति र प्रगतिका लागि नगरपालिका बाट गरिनुपर्ने चौतर्फी सहयोग पुर्याउन आफू तत्पर रहेको पुनर्वास नगरपालिका सहकारी बिभाग प्रमुख धौलराम सार्कीले प्रतिबद्धता गर्नुभयो।उहाँले सहकारी सञ्चालक समिति लाई सुझाव दिंदै सुरुमा गैरसरकारी संस्थाले सहयोग गरेपनि सहकारीलाई अगाडि बढाउन सेयर सदस्यहरू आफै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मित्र सिंह लामाले अएक सहकारी पुनर्वासका अन्य सहकारी भन्दा फरक सहकारी रहेको मैले बुझेको छु,फरक क्षमता भएका समूहहरूको प्रतिनिधित्व बाट सहकारी स्थापना भएको हो।शारीरिक रूपमा असक्षम,एकल महिला तथा कुष्ठ रोगी सेयर सदस्य रहेको सहकारीले पुनर्वास मा छुट्टै पहिचान बनाउन सकोस प्रमुख अतिथि लामाले शुभकामना व्यक्त गर्नुभयो।लामाले सहकारीलाई वडा कार्यलय बाट गरिनुपर्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव मनबहादुर गुरूङले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस