२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

बेलौरी:सिद्धेश्वर कृषि सहकारी संस्थाको अध्यक्षमा पुन: बिष्ट चयन


  • २०८२ कार्तिक २८, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • ५२९ पाठक संख्या
  • माधब पौडेल,२८ कार्तिक। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटमा रहेको सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडको शुक्रबार सम्पन्न १४औं बार्षिक साधारण सभाबाट अध्यक्षमा पुनः सुरेन्द्र सिंह बिष्टलाई सर्वसम्मत चयन गरेको छ।

    उपाध्यक्षमा पुन:खगिसरा विष्ट, सचिवमा पुन:सुरेन्द्र बडु, कोषाध्यक्षमा नरेशमान श्रेष्ठ,त्यसैगरी सदस्यहरूमा देवीदत्त बड, शंकर सुनार, विर बहादुर श्रेष्ठ, लवकुश चौधरी, चक्रबहादुर जोशी, बसन्ती कार्की र माया बडुवाल सर्वसम्मतरूपमा चयन भएका छन्।

    वार्षिक साधारण सभामा सहकारीले विगत वर्षका गतिविधि, आर्थिक विवरण र भावी योजनाहरू प्रस्तुत गर्दै आगामी वर्षलाई कृषि उत्पादन वृद्धि तथा सदस्य–केन्द्रित सेवाको विस्तारको वर्षका रूपमा अघि सारेको नवनिर्वाचित अध्यक्ष सुरेन्द्र सिंह विष्टले जानकारी दिनुभयो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट