बेलौरी, ३ असोज। कञ्चनपुरको बेलौरीमा संविधान दिवसको अवसरमा नेकपा एमाले बेलौरी नगर कमिटी र नेपाली कांग्रेस बेलौरी नगर समितिको संयुक्त आयोजनामा बेलौरी बजारको संविधान चोकमा शुक्रबार दीप प्रज्वलन गरिएको छ।
कार्यक्रममा कांग्रेस नेता एवं प्रदेशसभा सदस्य दिवानसिंह बिष्ट, एमाले केन्द्रीय सदस्य कमला बोहरा, जिल्ला सचिव पल्लबराज भट्ट, कांग्रेस क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, नगरसभापति पेपुराम चौधरी, एमाले नगर अध्यक्ष नमराज शाही लगायत नेपाली कांग्रेस तथा नेकपा एमालेका जिम्मेवार नेता कार्यकर्ताको उपस्थिति रहेको थियो
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कमला बोहराले संविधानले नेपाली जनताको लामो संघर्ष र बलिदानीको फलस्वरूप संविधान प्राप्त गरेको बताउँदै संविधानले मुलुकलाई स्थायित्व र समृद्धिको बाटो देखाएको बताउनुभयो।
नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य दिवानसिंह बिष्टले सबै राजनीतिक दल, नागरिक समाज र युवा पुस्ताले संविधानलाई जीवन्त बनाउन भूमिका खेल्ने बताउँदै दलबीच भएको सहकार्यले मात्र देशले अपेक्षित प्रगति हासिल गर्न सकिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस