२०८३ कार्तिक १८, बुधबार | Wed, 04, Nov, 2026

बेलौरीमा सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिता सुरु


  • २०८३ कार्तिक १७, मंगलबार मा प्रकाशित २२ घण्टा अघि
  • ९९ पाठक संख्या
  • माधव पौडेल,१७ कार्तिक। कञ्चनपुरको बेलौरीमा बेलौरी ब्याडमिन्टन क्लबको आयोजना तथा बेलौरी नगरपालिकाको प्रायोजनमा‘लागूऔषधमा होइन, ब्याडमिन्टनमा रमाऔँ, स्वस्थ युवा, समृद्ध समाज बनाऔँ’ भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिताको मङ्गलबार नगर प्रमुख पोतिलाल चौधरीले उद्घाटन गर्नुभएको छ।कार्यक्रमको अध्यक्षता बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष दिलीपबहादुर चन्दले गर्नुभएको थियो। कार्यक्रममा बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलवीर चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी, क्लबका निवर्तमान अध्यक्ष अशोक श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख हिक्मतबहादुर बिसी,अतिथि बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाशराज पन्त,नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेसहित खेलप्रेमीहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा स्वागत मन्तव्य क्लबका सल्लाहकार संयोजक दिनेश कुँवरले राख्नुभएको थियो।कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष अशोक श्रेष्ठले प्रतियोगिताले युवालाई खेलकुदतर्फ आकर्षित गर्दै लागूऔषध दुर्व्यसन न्यूनीकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक गतिविधिमा सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नगर प्रमुख चौधरीले “युवालाई लागूऔषध दुर्व्यसनबाट टाढा राख्न खेलकुद प्रभावकारी माध्यम हो। यस्ता प्रतियोगिताले युवामा खेलप्रतिको आकर्षण बढाउनुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गर्न सहयोग बताउँदै नगर प्रमुख चौधरीले ब्याडमिन्टन खेलको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रतियोगितालाई सफल बनाउन आयोजक, खेलाडी तथा खेलप्रेमी सबैलाई आग्रह गर्नुभयो।

    कार्तिक १७ र १८ गते दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभरिका ३२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, द्वितीय हुने टोलीलाई नगद २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।तेस्रो स्थान हासिल गर्ने दुई टोलीलाई जनही ५ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रमको सहजीकरण बेलौरी ब्याडमिन्टन क्लबका कोषाध्यक्ष राजेश भट्टले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑