२०८३ जेष्ठ १७, आईतबार | Sun, 31, May, 2026

महाकाली प्रादेशिक अस्पताललाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धारा पानी वितरण प्रणाली हस्तान्तरण


  • २०८२ अषाढ २७, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • ५६९ पाठक संख्या
  • धनगढी,२७ असार।माछापुच्छ्रे बैंकको कञ्चनपुर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्था महाकाली प्रादेशिक अस्पताललाई स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न सहयोग प्रदान गरेको छ ।

    गर्मीको मौसममा अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै बैंकले पिउने पानीको समस्या समाधानका लागि उक्त सहयोग प्रदान गरेको हो । शुक्रबार औपचारिक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनिष उपाध्याय र स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीका महाप्रबन्धक नरेन्द्र सिंह कार्कीले संयुक्त रूपमा महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टलाई धारा पानी वितरण प्रणाली हस्तान्तरण गरेका शाखा प्रबन्धक शिवराज पाठकले जानकारी दिनुभयो।

    उक्त अस्पतालमा दैनिक सयौं सेवाग्राहीहरूको आवागमन हुने भए तापनि स्वच्छ पिउने पानीको अभाव रहेको जानकारी पाएपछि बैंकले यो सहयोग उपलब्ध गराएको हो । यस सहयोगले स्वास्थ्य सेवा प्राप्त गर्न आउने सर्वसाधारणहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको प्रबन्धक पाठकले बताउनुभयो ।माछापुच्छ्रे बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् राहत तथा समावेशी आर्थिक पहुँच जस्ता क्षेत्रमा समेत निरन्तर योगदान दिंदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट