२०८२ चैत्र ३०, सोमबार | Mon, 13, Apr, 2026

महालक्ष्मी विकास बैंकद्वारा ३० औं वार्षिक उत्सवको  अवसरमा रक्तदान र प्रभातफेरी 


  • २०८१ जेष्ठ ६, आईतबार मा प्रकाशित १ साल अघि
  • ७४७ पाठक संख्या
  • धनगढी,०६ जेठ्। महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो ३० औं वार्षिक उत्सवको अवसर पारेर बैंक परिसरमा आइतबार खुल्ला रक्तदान कार्यक्रम गरेको हो।नेपाल रेडक्रस सोसाइटी शाखा प्राविधिक सह‌योगमा भएको कार्यक्रममा ३१ युनिट रगत संकलन भएको महालक्ष्मी बिकास बैंक शाखा कार्यालय धनगढी शाखा प्रबन्धक झंकर बहादुर कडायतले जानकारी दिनुभयो। रक्तदान,जीवनदान मूल मन्त्रलाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।बैंकले ३० औं वार्षिक उत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम गरेको महालक्ष्मी बिकास बैंक सुदुर पश्चिम् प्रदेश प्रमुख सुनिल कुमार नेपालले जानकारी दिनुभयो। बैंकले ग्राहकलाई सेवासँगै सामाजिक कार्य गर्दै आएको प्रदेश प्रमुख नेपालले बताउनुभयो।उक्त कार्यक्रममा सुदुर पश्चिम् प्रदेश अन्तर्गतका सम्पुर्ण शाखाहरुको उल्लेखनीय  सहभागिता रहेको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट