कञ्चनपुर, ०७ जेठ । महालक्ष्मी विकास बैंकले ३१ औँ वार्षिकोत्सव मनाएको छ । त्यसै क्रममा कञ्चनपुरको बेलौरी शाखाले पनि बैंकका ग्राहक, स्थानीय व्यवसायी, उद्यमी तथा विभिन्न क्षेत्रका अगुवा व्यक्तिहरूको उल्लेख्य उपस्थितिमा आज भव्य कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको छ । शाखा प्रबन्धक डम्बर ओझाका अनुसार, हाल बेलौरी शाखाबाट करिब ४२ हजार ग्राहकले सेवा लिइरहनु भएको छ । ग्राहक सेवालाई प्राथमिकता दिँदै बैंकले ७ दशमलव ९९ प्रतिशतदेखि ९ दशमलव ९९ प्रतिशतसम्मको आकर्षक ब्याजदरमा ऋण सुविधा प्रदान गरिरहेको शाखा प्रबन्धक ओझाले जानकारी दिनुभयो ।
उक्त अवसरमा उहाँले सुविधाजनक सेवा र आधुनिक प्रविधिको प्रयोगमार्फत बेलौरीका ग्राहकहरूलाई सहज बैंकिङ सुविधा दिन बैंक प्रतिबद्ध रहेको जनाउनु भयो । बैंकका अनुसार, ग्राहक संख्याका साथै निक्षेप संकलन र ऋण प्रवाह दुवैमा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ । कार्यक्रममा सहभागी अतिथिहरूलाई बैंक परिवारको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस