२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

महालक्ष्मी विकास बैंक शाखा बेलौरीद्वारा नगर खेलकुद समिति लाई सामाग्रीहरु हस्तान्तरण


  • २०८० अषाढ २२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ८५६ पाठक संख्या
  • बेलौरी ,कञ्चनपुर,२२ असार । महालक्ष्मी विकास बैंक शाखा कार्यालय बेलौरी, कञ्चनपुरले खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत शुक्रबार एक कार्यक्रमको आयोजना गरेर नगर खेलकुद विकास समिती बेलौरीलाई बिभिन्न खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । बिगतका बर्षदेखि नै बेलौरी क्षेत्रमा बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत बिभिन्न सामाग्रीहरु सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा बेलौरी क्षेत्र भित्रका लागि उचित कबर्ड हलको ब्यवस्था नहुदा खेलकुद प्रतियोगिता आयोजना गर्न असहज भैरहेकोले स्थानीय सरकारले आवश्यक बजेटको व्यवस्था सहित कबर्ड हल निर्माणमा पनि जोड दिनपर्ने बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले अनुरोध गर्नुभएको छ ।

     

    व्यवसायिक, सामाजिक र ब्यवहारिक रुपले बेलौरी सगं नजिक भएर सेवा दिइरहेको बताउदै, महालक्ष्मी विकास बैंकले यस क्षेत्रमा सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत पटक पटक विभिन्न सामाग्री हस्तान्तरण गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिने महालक्ष्मी विकास बैंक सुदुरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले बताउनुभयो । बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले बेलौरीको खेल क्षेत्रको विकासका लागि बैंकले प्रदान गरेको सामाग्रीले खेलाडीहरुलाई थप राहत मिलेको बताउदै,बैंक परिवारलाई धन्यवाद दिनुभयो ।

     

    खेलकुदका सामग्रीहरुमा भलिबल ४ थान,भलिबल जाली १ थान,फुटबल २ थान,टिसर्ट १० थान,क्रीकेट ब्याट २ थान, बल ४ थान, स्टयाम्प १ सेट,भलिबल पम्प १ सेट, सिटि १ सेट, ब्याडमिन्टन जाली १ सेट, कर्क १ सेट,कुर्सी ५ थान, र टेबुल टेनिस ब्याट १ सेट लगायतका सामाग्री वितरण गरिएको बेलौरी शाखा प्रमुख हेम बहादुर बोहराले जानकारी दिनुभएको छ । संस्थागत रुपमा खेलकुद समितिलाई सामाग्री सहयोग गर्ने पहिलो कार्यको थालनी गरेकोमा बैंक परिवारलाई धन्यवाद दिदै, हस्तान्तरण गरिएका सामाग्रीलाई सहि ठाउँमा सदुपयोग गर्ने बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले बताउनुभयो ।

    सामाग्री हस्तान्तरण कार्यक्रमको सभापतिमा बेलौरी नगर खेलकुद समितीका अध्यक्ष रामेश्वर न्यौपाने,प्रमुख अतिथिमा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी,विशिष्ट अतिथीमा महालक्ष्मी विकास बैंक सुदुरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपाल,महालक्ष्मी विकास बैंक धनगढी शाखा प्रमुख झंकर बहादुर कडायत रहनुभएको थियो । अतिथिमा बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठ,दिनेश कुवर,अशोक पाण्डे,अशोक श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा नगर खेलकुद विकास समिति बेलौरीका पदाधिकारी,बिभिन्न संघ संस्थाका प्रतिनिधि,खेलप्रेमी लगायत स्थानीय सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो ।

    कार्यक्रमको स्वागत मन्तव्य खेलकुद विकास समितिका सदस्य भुपेन्द्र बहादुर शाहीले गर्नुभएको थियो भने,कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सदस्य तेज बहादुर चन्दले गर्नुभएको थियोे । महालक्ष्मी विकास बैक लिमिटेडले संस्थागत सामाजिक उक्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ । संस्थागत सामाजिक उक्तरदायित्वको कार्यत्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस बैंकले “एक शाखा, एक सामाजिक उक्तरदायित्व” कार्यत्रम संचालन गर्दै आएको छ । यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट