२०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

शहिदहरुले देखाएको बाटो नभुल्ने- प्रदेश सभा उम्मेदवार बिर बहादुर थापा


  • २०७९ कार्तिक २, बुधबार मा प्रकाशित ३ साल अघि
  • ४०० पाठक संख्या
  •  

    कञ्चनपुर,२ कात्तिक । कंचनपुर क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार नेकपा एमालेका नेता बिर बहादुर थापाले शहिद गोबिन्द गौतमको परिवारलाई भेटेर सहिदको सालिकमा माल्याअर्पन गरेका छन। सहिद परिवारलाई भेट्दै उनले सहिदले देखाएको बाटो आफुले कहिल्यै नबिर्सने पर्तिबद्द्ता गरेका छ। सहिदहरुको त्याग र बलिदान बाट मात्रै देशको अस्तित्व रक्षा र परिवर्तन सम्भव भएको बताउदै उनले आफु सदैव देशको सिमा रक्षा र समृद्धि प्रति कटिबद्द हुने बताए। सिमा रक्षा दक्षिणी क्षेत्रको प्रमुख चुनौती भएको बताउदै यसको समाधानका आफुले कुनै कसुर बाँकि नराख्ने प्रतिबद्धता समेत जाहेर गरे। सहिद गोबिन्द गौतमको आमाबुबालाई भेटदै उनले सहिदहरुले देखाएको बाटोमा हिड्न आफुलाई आशीर्वाद दिन समेत आग्रह गरे, उनले भने ” म तपाईहरु सँग भोट माग्न आएको हैन, म देशको लागि छोराको बलिदान स्वीकार्ने महान आमाबुबाको आशीर्वाद माग्न आएको हु, सुझाव माग्न आएको हु ताकि म सहिदले देखाएको बाटोमा खुट्टा नलर्बराई हिडन सकु, भोट दिने कुरा त तपाईको स्वतन्त्रताको कुरा हो, बिश्वास लाग्छ भने दिनुहोला।” घन्टौ समय भलाकुसारि गरेका थापालाई सहिद परिवारले खुशी ब्यक्त गर्दै जितको अग्रिम शुभकामना दिएका छन। आफु लामो समय राजनीतिमा होमिएको बताउदै उम्मेदवार थापाले आफुले पहिलो पटक प्रदेश सभाको उम्मेदवार बनेकाले जनताले आफुलाई अनुमोदन गर्नेमा पुर्णा बिस्वस्त रहेको बताएका छन। तपाई बिस्वस्त हुने आधार के छन भन्ने प्रश्नमा थापाले भने ” म युवा हु, म सँग दक्षिणी क्षेत्रको बिकासको, समृद्धिको मोडालिटि र पुर्ण भिजन छ त्यसैले जनताले मलाई अनुमोदन गर्छ्न र म त्यो पुरा गरेर देखाउछु।” कंचनपुरमा लोकतान्त्रिक बाम गठबन्धन र नेकपा एमाले बिचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट