२०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

बेलौरीमा क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता सुरु


  • २०७९ आश्विन २८, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ५३५ पाठक संख्या
  • कञ्चनपुरको बेलौरीमा क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बेलौरी ब्याडमिन्टन क्लब र उग्रतारा बाल विद्यालयको संयुक्त आयोजना र बेलौरी नगरपालिका वडा नम्बर ४ को मुख्य प्रायोजकमा बिहीबारदेखि प्रतियोगिता सञ्चालन गरिएको छ ।बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले उद्घाटन गर्नुभएको छ। प्रतियोगिता यही असोज २९ गतेसम्म जारी रहने बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिनु भएको छ । उहाँका अनुसार, प्रतियोगितामा जम्मा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिता उग्रतारा बाल विद्यालयको ब्याडमिन्टन हलमा सञ्चालन गरिएको छ । प्रतियोगिताको विजेता टिमलाई नगद रु. ३० हजार र उपविजेता टिमलाई नगद रु. २० हजार सहित प्रमाण पत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट