२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

बेलौरीबाट ब्राउन सुगरसहित एक जना पक्राउ


  • २०७९ आश्विन २४, सोमबार मा प्रकाशित २ साल अघि
  • २९३ पाठक संख्या
  • माधब पौडेल कञ्चनपुर, २४ असोज । कञ्चनपुरको बेलौरीबाट प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार राति ८ बजेतिर बेलौरी नगरपालिका वडा नम्बर २ बैजुडाँडाबाट ७.६३ ग्राम लागू औषध ब्राउन सुगर सहित कैलालीको कैलारी गाउँपालिका ११ घोरसुवा बस्ने राजु चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लुकाई छिपाई लागु औषध ओसारपसार गरिरहेको अवस्थामा फेला पारेपछि चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो । चौधरीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट