माधब पौडेल , कात्तिक ४ कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ ले जेष्ठ नागरिक , दलित जेष्ठ नागरिक ,बिधवा ,एकल महिला, अतिशक्त अपांग ,पुर्ण अपांग ,हरुका लागि शुक्रबार विद्युतिय पानी तताउने जग बितरण गरिएको छ।
कार्यक्रमको सभापतित्व बेलौरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कलबिर चौधरी , स्वागत मन्तव्य वडा सदस्य बिक्रम चौधरीले गर्नुभएको थियो कार्यक्रममा समाजसेवी , बुद्धिजीवी , शिक्षक , सुरक्षाकर्मी लगायत सन्चारकर्मीको उपस्थिति रहेको थियो।
बेलौरी नगरपालिका वडा नम्बर २ को आर्थिक बर्ष २०७९/०८० को लक्षितबर्गको बजेटबाट बिनियोजित रकम रु ४ लाख बराबर बेलौरी नगरपालिका २ नम्बर वडा भित्र रहेका ४५७ जना सामाजिक सुरक्षा भत्ता पाइरहेकालाभग्राही लाई सामाग्री बितरण गरिएको वडाध्यक्ष कलबिर चौधरीले बताउनुभयो । जाडोयाममा तातोपानी पिउन लागी सहज होस भन्ने उदेश्यले विद्युतिय पानी तताउने जग बितरण गरिएको वडाध्यक्ष चौधरी बताउनुहुन्छ। कार्यक्रम को सञ्चालन बेलौरी नगरपालिका वडा नम्बर २ का सचिब श्याम कुमार राना ले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस