माधब पौडेल कञ्चनपुर, असोज २३ आगामी मंसिरमा ४ गते हुने प्रतिनिधी सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पूर्व खानेपानी मन्त्री बीना मगरले आइतबार कञ्चनपुरकाे क्षेत्र नं.१ बाट उम्मेद्बारी दर्ता गराउनु भएकाे छ ।
कञ्चनपुरकाे निर्वाचन क्षेत्र नं. १ काे निर्वाचन अधिकृतकाे कार्यालय बेलाैरीमा पूर्व मन्त्री मगरले मनाेनयन दर्ता गराउनु भएको हाे ।पुर्ब मन्त्री बीना मगर सत्तारुढ गठबन्धन बाट साझा उमेदवार हुनुहुन्छ । प्रदेश सभा सदस्य निर्वाचनका लागि गठबन्धन बाट कञ्चनपुरकाे निर्वाचन क्षेत्र नं. १ मा प्रदेश क का लागि नेपाली काँग्रेसका जिल्ला उपसभापति बन्धु राना र प्रदेश ख का लागि नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य दिवान सिँह बिष्टले मनाेनयन दर्ता गराउनु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस