२०८३ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2026

एमाले बेलडाँडीको अध्यक्षमा खाती निर्वाचित


  • २०८१ जेष्ठ २८, सोमबार मा प्रकाशित २ साल अघि
  • ५४९ पाठक संख्या
  • माधब पौडेल,२८ जेठ् ।नेकपा एमाले बेलडाँडी गाँउकमिटीको सोमबार सम्पन्न दोस्रो गाउँ अधिवेशन बाट अध्यक्षमा प्रेम बहादुर खाती सर्वसम्मत चयन हुनुभएको हो। उपाध्यक्षमा वीर बहादुर खड्का ,सचिवमा शंकर दत्त भट्ट ,उपसचिवद्वय गणेश बिष्ट, फुलकुमारी रानासहित ४१ सदस्य रहेका छन।एमाले पोलिट्ब्यूरो सदस्य एवं कञ्चनपुर इन्चार्ज नारदमुनी रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सह इन्चार्ज केन्द्रीय सदस्य नर ब. धामी रहनुभएको थियो । कञ्चनपुर क्षेत्र १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, कार्यक्रममा जिल्ला अध्यक्ष लक्ष्मी बुढा लगायत प्रदेश सदस्य एवं एमाले नेता कार्यकर्ताको सहभागिता रहेको थियो।सोमबार देखि एमाले अधिवेशन शुरु भएको छ। सहमतीय आधारमा पालिका नेतृत्व टुङगो लागेको हो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट