२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

एमालेको दोस्रो गाउँ अधिवेशन सम्पन्न अध्यक्षमा पुनः राना


  • २०८१ जेष्ठ २५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५०६ पाठक संख्या
  • लालझाडी,२५ जेठ् ।नेकपा एमाले लालझाडी गाँउकमिटीको शुक्रबार सम्पन्न दोस्रो गाउँ अधिवेशन बाट अध्यक्षमा पुन ओम प्रकाश राना चयन हुनुभएको हो। एमाले कञ्चनपुरका सचिवालय सदस्य राधाकृष्ण जोशी(ज्वाला)ले सहमतीय आधारमा लालझाडीमा कमिटी चयन गरिएको बताउनुभयो । उपाध्यक्ष रामदास राना, सचिव नारायण राना, उपसचिवद्वय राजेश राना, भागरथी भण्डारी सहित ४१ सदस्य रहेका छन।एमाले पोलिट्ब्यूरो सदस्य नारदमुनी रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्ष मण्डल पार्टी  केन्द्रीय सदस्य नर ब. धामी रहनुभएको थियो । कार्यक्रममा जिल्ला सचिव पल्लब भट्ट, प्रदेश सदस्यहरु,पार्वती जोशी,फैरु तामांङ,खेम राज ओझा, जिल्ला कमिटी सचिवालय सदस्य राधाकृष्ण जोशी ज्वाला लगायतको सहभागिता रहेको थियो ।शुक्रबारदेखि एमाले अधिवेशन शुरु भएको छ। सहमतीय आधारमा पालिका नेतृत्व टुङगो लगाउने लालझाडी पालिका जिल्लामै पहिलो भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट