२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

किसान जागरण बहुमुखी सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारणसभा सम्पन्न 


  • २०८२ पौष २५, शुक्रबार मा प्रकाशित ४ हफ्ता अघि
  • १४४ पाठक संख्या
  • धनबहादुर बिक,पुनर्वास २५ पौष।किसान जागरण बहुमुखी सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।शुक्रबार पुनर्वास नगरपालिका ६ प्रगतिटोलमा रहेको संस्थाको आफ्नै भवन मा उक्त साधारणसभा सम्पन्न भएको हो ।

    उन्नत विउ उत्पादन गरि अभाव पूर्ति गर्ने उदेश्यले तत्कालीन पाँच गाउँ विकास समिति त्रिभुवनबस्ती,पराशन,कालिका र वाईसीबिचवालाई कार्यक्षेत्र तोकि पुनर्वासका २६ जना कृषकहरूको सहकार्यमा २०५६ साल चैत १७ गते कञ्चनपुर मा सहकारी संस्थाको रूपमा दर्ता भई उन्नत विउविजन उत्पादन क्षेत्रमा काम गर्दै आएको २४ औं बार्षिक साधारणसभामा संस्था को उदेश्य माथि प्रकाश पार्दै संस्थाका अध्यक्ष पर्शुराम विश्वकर्मा ले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

    २०५५ सालदेखि नै केही कृषक हरूको अगुवाइमा सामुहिक रूपमा आलुको बिउ उत्पादन गर्ने कार्य सुरु गरिएको थियो भने बिउको सम्पूर्ण प्रक्रिया पुरा गरि संस्था आफैद्वारा उत्पादन गरिएको १०४ क्विन्टल प्रमाणित पहिलो पुस्ताको गहुँको उन्नत बिउ २०५८ सालमा कृषकको खेतबारीमा पुर्याउन सफल भएको पनि अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

    हाल संस्थाको आफ्नै बिउ भण्डारण गर्ने गोदाम र बिउ ग्रेडिङ मेसिन सहित १ करोड १७ लाख ९३ हजार ९३२ रूपैया बराबरको स्थिर सम्पत्ति रहेको साधारणसभामा जनाईएको थियो।हाल ११४ जना सेयर सदस्य रहेको संस्थाको शेयर पुञ्जी ७६ लाख ६७ हजार ४०० रहेको छ भने निक्षेप ६ लाख २३ हजार,कर्जा सापटी २३ लाख १ हजार ८४२ रूपैया,स्थिर सम्पत्ति १ करोड १७ लाख ९३ हजार ९३२ रूपैया,शुद्ध नाफा १३ लाख ४० हजार २३२ रूपैयाँ,नगद मौज्दात २५ हजार ३३७ रूपैयाँ र बैंक मौज्दात ३७ लाख ७७ हजार २५७ रूपैयाँ रहेको अध्यक्ष को प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

    संस्थाले राष्ट्रिय आवास कम्पनीको नाउँमा रहेको पुनर्वासको ६५ बिगाह मध्येको २० बिगाह जग्गा बार्षिक ९ लाख ५१ हजार मा भाडामा लियर पाँच बिगाह १० कट्ठा मा धान खेती गरि १३१ क्विन्टल ६० किलो धान उत्पादन गर्न सफल भएको छ भने त्यसतै पाँच बिगाह १० कठ्ठा जग्गामा भटमास खेति गरि ५५ क्विन्टल २३ किलो उत्पादन गरेको छ त्यसैगरी २ बिगाह पाँच कठ्ठा मा ट्युसेन्टी खेती गरि ८८० किलो उत्पादन गर्न सफल भएको छ त्यसतै २ बिगाह जग्गामा तिल खेति गरि ८ क्विन्टल ३२ किलो तिल उत्पादन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको थियोे ।

    कार्यक्रममा संस्थाका सचिव अरि प्रसाद अधिकारीले आर्थिक बर्ष ० ८१ श्रावण १ गतेदेखि ०८२ असारमसान्तसम्म को १ करोड ३३ लाख ८४ हजार ६१ रूपैया ३७ पैसा बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो।

    संस्थाका अध्यक्ष पर्शुराम विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि निवर्तमान प्रतिनिधिसभा सदस्य माननीय तारालामा तामाङ रहनुभएको थियो।अतिथिहरूमा पुनर्वास नगरपालिका सहकारी बिभाग प्रमुख तथा प्रशासन अधिकृत धौलराम सार्की,कृषि अधिकृत ललिता चौधरी,दलित बहुउद्देश्यीय सहकारी संस्था लिका अध्यक्ष राजकुमार रायमाझी,सुनौलो महिला कृषि सहकारी संस्था लि का अध्यक्ष दुर्गा नेपाल,पुनर्वास सहकारी समन्वय अध्यक्ष शंकर बहादुर केसी,श्रीनिवास दिव्य धाम अध्यक्ष विश्वनाथ बिष्ट,सुदूरपश्चिम आविस्कार केन्द्र अध्यक्ष रामचन्द्र नेपाल लगायत रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव छबिलाल खनियाले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट