२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

पुनर्वास सहकारी संस्था लिमिटेडको ३३ औं बार्षिक साधारण सभा सम्पन्न 


  • २०८२ पौष २०, आईतबार मा प्रकाशित १ महिना अघि
  • २५४ पाठक संख्या
  • धनबहादुर बिक,२० पौष।जिल्लामै अग्रणी पुनर्वास सहकारी संस्था लिमिटेडको “मर्यादित सहकारी समुन्नत समाज”भन्ने मुल नारा सहित संस्थाको प्राङ्गणमा ३३ औं बार्षिक साधारण सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका व्यवस्थापक एक कुमार श्रेष्ठले आर्थिक बर्ष ०८१/०८२ को स्वीकृत ८ करोड ६७ लाख ८४ हजार तथा वास्तविक ७ करोड ३५ लाख ७ हजार ८६३ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए भने आर्थिक बर्ष ०८२/०८३ को संसोधित ९ करोड १२ लाख ३३ हजार ५०० तथा ०८२/०८३ को प्रस्तावित ९ करोड ९१ लाख बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा प्रमुख आतिथ्य मन्तव्यका क्रममा नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास सहकारी संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको थियो।उहाँले सहकारी हाताभित्र निर्माण हुन लागेको ५०० मेट्रिक टनको चिस्यान केन्द्र निर्माणमा ठेकेदार कम्पनीले ढिलासुस्ती गरेको टिप्पणी गर्दै छिटोभन्दा छिटो सम्पन्न गर्न उक्त कम्पनीलाई नगरपालिका बाट लिखित पत्राचार गरिसकेको बताउनुभयो।शीत भण्डार निर्माणका लागि काठमाण्डौंको जुगल विल्डर्सले गत मिति २०८० असार २४ गते सम्झौता गरि ०८२ असार २४ गते भित्र अर्थात दुई बर्षभित्र सम्पन्न गर्ने गरि पुनर्वास नगरपालिकासंग सम्झौता गरेको थियो।उक्त कम्पनीले सुरुवातमा तिव्र गतिमा काम गरि शीत भण्डार को भवन निर्माण गरि गत बर्षदेखि उक्त कार्यलाई अलपत्र अवस्थामा छोडि सम्पर्कविहिन भएको सहकारी सञ्चालक समितिले गुनासो गरेका छन।नगर प्रमुख शर्माले पुनर्वासमा सञ्चालित सहकारीलाई अझ व्यवस्थित बनाउन पालिकाले छिटै सहकारी ऐन ल्याउन लागेको बताउनुभयो ।

    कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले शुभकामना दिंदै जिल्लामै पुरानो सहकारी पुनर्वास सहकारीलाई अझ बढि व्यवस्थित गतिमा लैजानुपर्ने सुझाव दिएका थिए।सो अवसरमा संस्थामा पुर्व निर्णय अनुरूप सेयर रकम वृद्धि गरि कारोबार गर्ने पाँच जना सेयर सदस्य लाई कदरपत्र सहित दोसल्ला ओढायर सम्मान गरिएको थियो त्यसैगरि दैनिक कारोबार गर्ने २ जना आवधिक कारोबार गर्ने १ जना,सामुहिक बचत कारोबार गर्ने १ जना,गुणस्तरीय दूध बिक्री कारोबार गर्ने १ जना,सेयर पुंजी वृद्धि कारोबार गर्ने ७ जना त्यस्तै दैनिक ऋण कारोबार गर्ने २ जना आवधिक ऋण कारोबार गर्ने १ जना , नियमित दुध बिक्री कारोबार गर्ने १ जना साथै जेष्ठ नागरिक १ जना गरि २२ जनालाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा संस्थाको ऐतिहासिक पृष्ठभूमि तथा सेयर सदस्य लाई सुझाव सहितको लेखा प्रतिवेदन लेखा संयोजक रामचन्द्र भट्टराईले प्रस्तुत गर्नुभएको थियो।सहकारीले विगत देखिनै सहकारी मुल्य र मान्यता र सिद्धान्तको पालना गरि सदस्यहरूको आर्थिक र सामाजिक स्तर वृद्धि गराउनमा सदस्य केन्द्रित कार्यक्रम हरू सञ्चालन गर्दै आएको तथा संस्थाले सहकारी ऐन र नियमावलीको अधिनमा रहि विभिन्न निर्देशिकाहरूको परिधिमा रहि कारोबार गर्दै आएकोमा सदस्यहरूको अझै सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ लेखा संयोजक भट्टराईले प्रतिवेदनमा उल्लेख गरेका थिए।संस्थाले सञ्चालन गर्दै आएको दुग्ध चिस्यान केन्द्रलाई थप दिगो रूपमा सञ्चालन गर्न नियमित दुधको परिमाणमा वृद्धि हेतु सदस्य कृषकहरूलाई आवस्यक परामर्श दिनका निमित्त सांभाव्यका आधारमा दिगोपना उन्मुख बिबिधिकरण गराउनुपर्ने कार्यक्रममा बोल्ने वक्ताहरूले जोड दिएका थिए ।

    संस्थाको कार्यक्षेत्र पुनर्वास नगरपालिका ६ र शाखा कार्यालय लालझाडी गाउँपालिका १ सेयर सदस्य ४ सय ६६ जना पुनर्वास क्षेत्रको बस्ती बसोबाससंगै तत्कालीन पुनर्वास कम्पनी योजना कार्यालयकोे पहल र स्थानीयको सहभागितामा तत्कालीन शाझा ऐन अनुसार मिति २०३३ असोज २६ गते जिल्ला कार्यालय सहकारी शाखा कञ्चनपुरमा बिधिवत दर्ता भई सुदूरपश्चिम प्रदेशक‌ अग्रणी एक मात्र पुरानो सहकारी स्थापित भई निरन्तर रूपमा सञ्चालनमा आएको अध्यक्ष को प्रतिवेदनमा उल्लेख गरिएको थियो । संस्थाका अध्यक्ष भरतबहादुर बिष्टको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्मा बिशिस्ट अतिथिमा पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामा,पुनर्वास नगरपालिका निवर्तमान नगर प्रमुख जीवन राज थापा रहनुभएको थियो भने अतिथिहरूमा पुनर्वास नगर सहकारी समन्वय अध्यक्ष शंकर बहादुर केसी,रेडक्रस सोसाइटी पुनर्वास शाखा सभापति कृष्णबहादुर तामाङ,दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राजकुमार रायमाझी,पुनर्वास सहकारी का पुर्व अध्यक्ष पर्शुराम बिस्वकर्मा,ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक लोकेन्द्र सिंह कार्की, सगरमाथा हिमचुली कृषि सहकारी संस्था लिका अध्यक्ष नवीन कुमार तिमिल्सिना लगायत सहकारीकर्मी,समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।संस्थाका उपाध्यक्ष राजन श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक एक कुमार श्रेष्ठले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट