२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २८ औं बार्षिक साधारणसभा सम्पन्न 


  • २०८२ पौष १८, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ४०१ पाठक संख्या
  • धनबहादुर बिक, १८ पौष।दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २८ औं बार्षिक साधारणसभा सम्पन्न बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । पुनर्वास नगरपालिका ३ आई वी आर डी मा रहेको संस्थाको मुख्य कार्यालय प्राङ्गणमा दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।संस्थाका अध्यक्ष राजकुमार रायमाझीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्मा रहनुभएको थियो भने बिशिस्ट अतिथि केन्द्रीय दुग्ध सहकारी संघ सदस्य भरतबहादुर बिष्ट,पुनर्वास नगरपालिका प्रशासन अधिकृत तथा सहकारी बिभाग प्रमुख धौलराम सार्की,पुनर्वास सहकारी समन्वय अध्यक्ष शंकर बहादुर केसी,नागरिक बचत तथा ऋण सहकारी अध्यक्ष धोखे राना , शुभेच्छा पशुपालन सहकारी अध्यक्ष पदम प्रसाद शर्मा , सगरमाथा हिमचुली कृषि सहकारी संस्था अध्यक्ष नबिन कुमार तिमिल्सिना संस्थाका पुर्व अध्यक्ष सेते बिस्वकर्मा लगायत रहेका थिए ।कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार रायमाझीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दलित बहुउद्देश्यीय सहकारी २०५३ साल माघ १० गते डिभिजन सहकारी कार्यालय महेन्द्रनगरमा विधिवत रुपमा दर्ता भयको भई २-३ वर्ष सामन्य काम गरी संस्था निष्कृय अवस्थामा रहेको थियो त्यसपछि मिति २०५७ साल फागुन १ गतेका दिन संस्थापक अध्यक्ष स्व. खडक बहादुर विश्वकर्मा ज्यू र कालिका बजारबासीको जमकर्कोमा संस्थालाई संरक्षण दिई जीवनतता दिने प्रतिवद्धताका साथ एक जना कर्मचारी भर्ना गरी संस्थालाई अगाडी बढाउने कामको थालनी भएको र तत्कालीन अवस्था देखि कालिका बजारबासीको माया र भरोसाका कारण संस्थाले गति लिन शुरु गरेको हो । यसै दौरानमा सुशुप्त अवस्थादेखि संचालन अवस्थासम्म २८ औं वर्ष पार गरी २९ औं वर्षमा प्रवेश गरेका छौं अध्यक्ष रायमाझीले उपस्थित सेयर सदस्य तथा अतिथि हरूलाई शुभकामना दिंदै संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा शुभकामना मन्तव्य दिंदै पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माले पुनर्वास को अग्रणी सहकारी दलित बहुउद्देश्यीय सहकारीले नाम जस्तै काम पनि राम्रो गर्दै आएको कुरा औंल्याउनुभयो।अन्य क्षेत्र का सहकारी सञ्चालकले जस्तो सहकारी डुबाउने तथा ठगि गर्ने कार्य पुनर्वासमा नभएको कुरामा जोड दिंदै पुनर्वासमा अब राम्रा काम गर्ने सहकारी लाई पुरस्कृत गरिने तथा गलत काम गर्ने सहकारी कर्मचारी एबं सञ्चालक लाई दण्डित गरिने पुनर्वास नगरपालिकाले छिटै कानुन ल्याउन लागेको नगर प्रमुख शर्माले प्रस्ट पार्नुभयो ।

    कार्यक्रममा संस्थाका कोषाध्यक्ष कञ्चन गिरीले संस्थाको प्रस्तावित ०८१/८२ को कुल बजेट ३० करोड ४४ लाख ५० हजार रहेको मध्ये यथार्थ खर्च ३१ करोड २३ लाख ३९ हजार २२९ रूपया बराबरको आयव्यय प्रस्तुत गरेका थिए भने आगामी आर्थिक बर्ष ०८२/८३ का लागि प्रस्तावित २४ करोड ९३ लाख बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । संस्थाको मुख्य कार्यालय पुनर्वास नगरपालिका ३ कालिका बजारमा रहेको सहकारीले संस्थाको कारोबार अझ बढि विस्तार गर्ने उदेश्य ले पुनर्वास नगरपालिका वडा नम्बर ८ र १० मा त्यसतै बेलौरी नगरपालिका ४ बेलौरी बजारमा समेत शाखा विस्तार गरेको छ । २ हजार १ सय ८७ जना सेयर सदस्य रहेको सहकारी संस्थामा असल ऋणी नियमित बचत तथा कारोबार लाई ईमानदारी पुर्ण पूरा गर्ने २१ जना सेयर सदस्यहरूलाई दोसल्ला ओढायर कदरपत्र सहित सम्मान गरिएको थियो।कार्यक्रममा लेखा प्रतिवेदन संस्था का लेखा संयोजक गजेन्द्र ढकालले गरेका थिए । संस्थाले शुद्ध तोरिको तेल कोलु सञ्चालन गरि उपभोक्तालाई सेवा प्रदान गर्दै आएको छ भने उपभोक्तालाई रसायनिक मलखाद घरेलु ग्यास लगायत बृद्धबृद्धालाई सम्मान स्वरूप न्यानो सिरक,कम्बल वितरण गर्ने,उनिहरूलाई बेलाबेलामा भ्रमण गराउने जस्ता जेष्ठ नागरिक सम्मानका कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । आगामि दिनहरूमा पनि यस्तै यसणतै रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै जाने संस्थाका व्यवस्थापक दानबहादुर रावलले बताउनुभयो। संस्थाका उपाध्यक्ष तिर्थराज उपाध्यायले गरेको स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रामसिंह बडुवालले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट