२०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

पुनर्वासमा रहेको ज्योती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १५औं साधारण सभा सम्पन्न


  • २०८२ मंसिर २७, शनिबार मा प्रकाशित ४ महिना अघि
  • ५४८ पाठक संख्या
  • माधब पौडेल, २७ मङ्सिर। कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुनर्वास नगरपालिका वडा नम्बर १०भीमबस्ती, विकासबस्तीमा रहेको ज्योती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड डी के-४ को १५औं साधारण सभा सम्पन्न शनिबार सम्पन्न भएको छ।कार्यक्रमको सभापति ज्योती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष शेर बहादुर बोहरा,प्रमुख अतिथि नेपाल केन्द्रिय विद्युत सहकारी संस्था लिमिटेडका केन्द्रिय अध्यक्ष गोविन्द प्रसाद भट्ट, विशिष्ट अतिथि पुनर्वास नगरपालिका वडा नम्बर १०वडा सदस्य पदमराम उपाध्याय,अतिथिमा विजय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका गगन धामी,बुद्ध ग्रामीण विद्युत सहकारी संस्था अध्यक्ष चन्द्र बहादुर क्षेत्री, भीम सामुदायिक वन उपभोक्ता समितीका लेखा सदस्य लाल सिंह बिष्ट लगायत सेयर सदस्यको उपस्थिति रहेको थियो।कार्यक्रको स्वागत मन्तव्य संस्थाको कोषाध्यक्ष भगवती कुमारी खड्काले राख्नुभएको थियो। आर्थिक वर्ष २०८१/०८२को ३२ लाख २३ हजार ७ सय ७६ रुपैयाँ बराबरको आय व्यय सहितको आर्थिक प्रतिवेदन सस्थाका सचिव लाल बहादुर कुन्जेडाले प्रस्तुत गर्नुभएको थियो। संस्थामा नियमित ग्राहक महशुल बुझाउने २ सय ८२जना ग्राहकहरुलाई सी एफ एल चिम वितरण गरिएको थियो।लालझाडी युवा क्लब ११ लाई खेलकुद सामग्री प्रदान गरिएको थियो। साधारण सभा कार्यक्रममा खप्तड सेवा समाले भुँवा खेल प्रदर्शनी गरिएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल केन्द्रिय विद्युत सहकारी संस्था लिमिटेडका केन्द्रिय अध्यक्ष गोविन्द प्रसाद भट्टले यस क्षेत्रमा विद्युत् पहुँच नपुगेको अवस्थामा डेनमार्क र नेपाल सरकारबीच भएको सम्झौताअनुसार कैलाली र कञ्चनपुरमा सहकारी मार्फत विद्युत् विस्तार गरिएको बताउँदै यसले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई दिगो,भरपर्दो र सुलभ विद्युत् सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।कार्यक्रमको समापनमा बोल्दै सभापति ज्योती ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष शेर बहादुर बोहराले आफ्नो अमूल्य समय दिएर कार्यक्रममा उपस्थित हुन भएका सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संस्थालाई व्यवस्थित गर्दै कार्यालय स्थापनाका लागि जमीनको प्रबन्ध मिलाएर भवन निर्माणका पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रमको सहजीकरण समाजसेवी नारद खड्काले गर्नुभएको थियो।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट