२०८३ जेष्ठ ६, बुधबार | Wed, 20, May, 2026

किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३१औं साधारण सभा तथा बेलौरी इकाई भेला सम्पन्न


  • बेलौरी अनलाईन
  • २०८२ मंसिर २४, बुधबार मा प्रकाशित ५ महिना अघि
  • ८४९ पाठक संख्या
  • माधब पौडेल,२४।कञ्चनपुरको बेलौरीमा शाखा कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ३१औं साधारण सभा तथा बेलौरी इकाई भेला बुधबार सम्पन्न भएको छ।कार्यक्रमको सभापति किसान बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य सरोज कुमार शाह, प्रमुख अतिथि बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी, अतिथिमा बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष हिरा सिंह बिष्ट, निवर्तमान अध्यक्ष टेक बहादुर साउँद, इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल प्रसाद चौधरी, बुद्धिजीवी राजाराम चौधरी लगायतको उपस्थिति रहेको थियो।स्वागत मन्तव्य किसान बहुउद्देशयीय सहकारी संस्थाका भीम कुमारी पोखरेलले राख्नुभएको थियो।संस्थाले गरेको वित्तीय विवरण २०८२ कार्त्तिक मसान्त सम्मको शेयर पूँजीरु ५१ करोड ७० लाख ५३ हजार २सय,जगेडा कोष रु ३५ करोड ७२ लाख २७ हजार ५०रुपैयाँ,कुल बचत रु ४ अर्व ८७ करोड ८२ लाख ४६ हजार ३ सय ७० रुपैयाँ,कुल सम्पत्ति रु ७ अर्व ११ करोड ३० लाख ७४ हजार ९ सय ११रुपैयाँ,लगानीमा रहेको कर्जा रु ५ अर्व ११ करोड ३९ लाख २९ हजार ३९ रुपैयाँ,विभिन्न कोषहरूको जम्मा रकम रु ७४ करोड ६०लाख ८० हजार ८ सय ७७ रुपैयाँ,कुल शेयर सदस्य संख्या करिब ९२ हजार,तरलता प्रतिशत २९%,कर्मचारी संख्या ३०७ जना रहेको बताउनुभयो।संस्थाले किसान कोप एग्रो, किसान कोप मार्ट, लगायत मोबाइल बैंकिङ सहितको सेवा प्रदान गर्दै आइरहेको छ। सदस्यको हित र सुरक्षाको लागि कोषको व्यवस्था गरेको छ। प्राकृतिक प्रकोपमा हुने समस्या लागि सेयर सदस्यहरुलाई सहयोग रकम प्रदान गर्दै आइरहेको संस्थाका शुक्लाफाँटा इकाईका प्रमुख जय शंकर न्यौपानेले जानकारी दिनुभयो।

    कार्यक्रमको मन्तव्य राख्दै किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्मर बहादुर शाहले किसान बहुउद्देश्यीय सहकारी संस्था हाल ४० वटा सेवा केन्द्रमार्फत किसानलाई सेवा दिँदै आएको बताउँदै कैलालीको लम्कीमा स्थापना भएको संस्थाले कृषि तालिम, सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। संस्थाले कृषि, पशुपालन लगायत उत्पादनमूलक क्षेत्रमा आवश्यक ऋण उपलब्ध गराएर किसानको आयस्तर वृद्धि गर्न संस्थाले निरन्तर काम गरिरहेको बताउनुभयो। इकाई भेलामा संस्था आवद्ध सेयर सदस्यका छोराछोरीहरू मध्ये (एस ई इ) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने रोशनी खनाल र केशव गुरुङलाई नगद रकम सहित प्रमाण पत्र सहितको मेडल,५ जना उत्कृष्ट सेयर सदस्य,जन्मदेखि मरणपरान्त उपचार खर्च र आगलागीबाट क्षति भएका २ जनालाई सदस्य,उत्कृष्ट केन्द्रलाई सम्मान गरिएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेलौरी शाखाका प्रमुख सुरेश चौधरीले बताउनुभयो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलौरी नगरपालिका वडा ६ का वडाध्यक्ष भोजराज चौधरीले किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३१औं बार्षिक साधारण सभा तथा बेलौरी इकाई भेलाको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दै सहकारीमा गरिने बचत बानीले आर्थिक संकटका बेला ठूलो राहत दिने बताउनुभयो।सहकारीबाट लिएको ऋण उत्पादनमूलक क्षेत्रमा सदुपयोग गर्न सके व्यक्तिगत मात्र होइन, समग्र समुदाय नै समृद्ध बन्न सक्ने बताउनुभयो।कार्यक्रको समापनमा बोल्दै कार्यक्रमका सभापति सरोज कुमार शाहले ३१औँ वार्षिक साधारण सभा तथा बेलौरी इकाई भेलामा उत्कृष्ट नतिजा ल्याउने सदस्य, उत्कृष्ट सेयर सदस्य तथा उत्कृष्ट केन्द्रलाई समेत धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संस्थाले सेयर सदस्य लक्षित कार्यक्रम, किसान कोप मार्ट, शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिने बताउँदै किसानहरूले उत्पादन गरेका कृषि उपज किसान कोप मार्टमार्फत खरिद–बिक्रीको व्यवस्था गरिने समेत बताउनुभयो। कार्यक्रममा उपस्थिति हुनुभएका सम्पूर्णमा अतिथिहरु लाई मायाको चिनो प्रदान गरिएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट