२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

बेलौरीमा डा. हरिहरदेव पन्तको १०औं स्मृति दिवस मनाइयो,उत्कृष्ट लघु उद्यमी चन्दलाई नगद ५० हजारसहित सम्मान


Thumbnail
  • बेलौरी अनलाईन
  • २०८२ भाद्र २१, शनिबार मा प्रकाशित ४ महिना अघि
  • ३२० पाठक संख्या
  • माधब पौडेल, २१ भाद्र।कञ्चनपुरको बेलौरीमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक अध्यक्ष डा. हरिहरदेव पन्तको दशौं स्मृति दिवस  बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ।कार्यक्रमको सभापति संस्थाको केन्द्र प्रमुख गंगामाया श्रेष्ठ, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश प्रमुख नवराज जोशी, अतिथि बेलौरी वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, सञ्चारकर्मी लगायत सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

    स्मृति दिवसको अवसरमा हरेक वर्ष वितरण गरिने लघु उद्यमी पुरस्कार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सुदुर पश्चिम प्रदेश अन्तरगत निर्धन उत्थान लघुवित्त वित्तीय संस्था बेलौरी शाखाकी सेयर सदस्य बासुदेवी चन्दलाई प्रदान गरिएको हो। चन्दलाई नगद रु. ५० हजारसहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। कार्यक्रममा “समृद्धिको मार्ग २०८२” नामक पुस्तक विमोचन गरिएको थियो।नगर प्रमुख चौधरीले नेपालमा बैंकिङ सेवा पुग्न नसकेको अवस्थामा डा. पन्तले लघुवित्त अभियानलाई सुरु गरेर वित्तीय समावेशीकरणमा नयाँ आयाम दिएको बताउनुभयो। नगर प्रमुख चौधरीले  संस्थाबाट लिइएको कर्जाको सही सदुपयोगले ग्रामीण जनजीवनको उन्नतिमा महत्वपूर्ण टेवा पुग्नेमा जोड दिनुभयो।विशिष्ट अतिथि नवराज जोशीले देशभरका सातै प्रदेशमा हरेक वर्ष एक जना उत्कृष्ट लघु उद्यमीलाई सम्मान गर्ने परम्परा फाउन्डेशनमार्फत अघि बढाइएको जानकारी दिनुभयो।कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले ग्रामीण महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन लघुवित्त संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै सही सदुपयोग गरिएको कर्जाले धेरैको जीविकोपार्जनमा ठूलो सहयोग पुगेको धारणा राख्नुभयो।समापन गर्दै सभापति गंगामाया श्रेष्ठले संस्थापक डा. हरिहरदेव पन्तप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। संस्थाले महिलाहरुलाई सहभागिता गराई ठाउँ ठाउँमा चिनाएको समेत बताउनुभयो।महिलाहरुले कार्यक्रममा स्वागत मन्तव्य लालबहादुर चौधरीले राख्नुभएको थियो।शाखा प्रमुख मनोजकुमार अधिकारीले शाखाहरुले गरिरहेका कामहरूको विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो। कार्यक्रमको सहजीकरण निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी शैलेन्द्र शाहले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट