२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

नेकपा एमाले बेलौरी ४ को दोस्रो वडा अधिवेशन सम्पन्न अध्यक्षमा गैरे 


  • २०८२ श्रावण १४, बुधबार मा प्रकाशित ५ महिना अघि
  • ५६५ पाठक संख्या
  • माधब पौडेल,१४ श्रावण। नेकपा (एमाले) बेलौरी नगरपालिका वडा नम्बर ४ को  दोस्रो वडा अधिवेशनबाट अध्यक्षमा महिला नेतृ रितु गैरे सर्वसम्मत चयन हुनुभएको छ।बुधबार शान्तिपुर स्थित पोखरी कटेजमा आयोजित दोस्रो वडा अधिबेशनको अध्यक्षता वडा कमिटी सदस्य रेखादेवी राना,प्रमुख अतिथि नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रामबहादुर स्वर्णकार, विशिष्ट अतिथिमा जिल्ला कमिटी सचिव पल्लवराज भट्ट,जिल्ला सचिवालय सदस्य धनेशदत्त पन्त,जिल्ला कमिटी सदस्य गीता जैशी,लाल बहादुर चौधरी, सुरेन्द्र शाही अतिथिमा नेकपा एमाले बेलौरी नगर कमिटी अध्यक्ष नमराज शाही, उपाध्याक्ष सहवीर महतरा,सचिव हस्त बहादुर बिक,उपसचिव मिश्रीलाल राना,जिल्ला सल्लाहकार समिति सदस्य अर्जुन ढकाल,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य कृष्ण नाथ योगी लगायत कमिटी,नगर पार्टी कमिटीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

    अधिवेशनबाट रितु गैरेको अध्यक्षतामा २१ सदस्यीय वार्ड कमिटी गठन भएको छ।उपाध्यक्षमा शोभा राना,सचीव गणेश प्रशाद सुवेदी,उप-सचिव कमला रिजाल,उप-सचीव पुजा चौधरी राना,सदस्यहरुमा रेखा राना,ठाकुर प्रसाद पौडेल,बुधिराम चौधरी,विपन राना, हरिलाल राना,ईन्द्र सुवेदी,हरिलाल गैरे,बिमला बि.क,कुस्मा राना,तुलसी महत्तम चयन भएका छन भने वडा कमिटीले ६ जना सदस्य पछि मनोनीत गर्ने नवनिर्वाचित वडा कमिटी अध्यक्ष रितु गैरेले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट