माधव पौडेल, १५ असार। कञ्चनपुरको बेलौरी नगरपालिका कृषि विकास शाखाको आयोजनामा तथा कृषक समन्वय समिति बेलौरी नगरपालिका ५ को सहयोगमा मैनाहमा “धान बालीमा सघनता खाद्यसुरक्षा र आत्मनिर्भरता”भन्ने मुल नाराका साथ २२औं राष्ट्रीय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न भएको छ।कार्यक्रमको स्वागत मन्तव्य कृषि विकास शाखाको प्राविधिक सहायक शुसिला बोहराले राख्नुभएको थियो।कार्यक्रमको सभापति बेलौरी नगरपालिका कृषि विकास शाखा प्रमुख सुमनराज जोशी, प्रमुख अतिथिमा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, विशिष्ट अतिथिमा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी,बेलौरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश सिंह ऐरी, बेलौरी नगरपालिकाका वडाध्यक्षहरु, सञ्चारकर्मी लगायत स्थानीयहरूको उल्लेखनीय सहभागिता थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले हाम्रो पालीकाले कृषि क्षेत्रमा जिल्लामै अन्य पालिकाका भन्दा बढी रकम छुट्याउँदै आइरहेको बताउँदै बेलौरी नगरपालिकामा ३५० वटा कृषि समुह रहेको बताउनुभयो। कृषि सामग्रीको अभावमा किसानहरूले खेतीपाती गर्नबाट वञ्चित नहुने बताउनुभयो। किसानको समस्यालाई पहिलो प्रथामिकता रुपमा राखेको बताउनुभयो।
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरीले पालिकाले प्रत्येक वर्ष किसानहरूका लागि कृषि सामग्री र सहायकका सामग्रीहरु कृषि समुह मार्फत वितरण गर्दै आइरहेको बताउँदै मलखाद लगायत बाली अनुसारका तालिम गोष्ठी जस्ता कार्यक्रम गर्दै आइरहेको बताउनुभयो।नेपालमा करिब ८५ प्रतिशत मान्छेहरु कृषिमा निर्भर रहेको बताउँदै।पालिकाले कृषि कार्यलाई प्रोत्सानस्वरुप विगत वर्ष देखि नै कृषिमा बढी बजेट विनियोजन गरी कृषकलाई आवश्यक सामग्रीहरु हस्तान्तण गरिँदै आईरहेको बेलौरी नगरपालिका कृषि विकास शाखाका शाखा प्रमुख सुमनराज जोशीले बताउँदै धान दिवसको अवसरमा बेलौरी नगरपालिका वडा नम्बर ५ का कृषक वीर बहादुर चौधरीको खेतबारीमा धान रोपी धान दिवस मनाइएको शाखा प्रमुख जोशीले बताउनुभयो।असार १५ मा दह चिउरा खाने प्रचलन छ।यो दिन अधिकांश नेपालीले सकेसम्म जसरी पनि दही चिउरा खाने गर्दछन् । दहीको महत्त्व असाध्यै धेरै छ। यो दिन अरू दिनको तुलनामा दहीको खपत धेरै हुन्छ।अघिपछि कहिल्यै दही नखानेले पनि यस दिन अनिवार्य आफ्नो परम्परा धान्न भए पनि दही खाने गर्दछन्।
प्रतिक्रिया दिनुहोस