माधव पौडेल,।१५ असार। नेकपा (एमाले) बेलौरी नगर कमिटीको आयोजनामा “धान बालीमा सघनता खाद्यसुरक्षा र आत्मनिर्भरता”भन्ने नाराका २२औं राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमकाको सभापति नेकपा एमाले बेलौरी नगर कमिटी अध्यक्ष नमराज शाही,प्रमुख अतिथि पार्टी केन्द्रिय सल्लाहकार परिषद सदस्य यज्ञ प्रसाद कँडेल,प्रदेश सल्लाहकार सदस्य कलबिर चौधरी अतिथिमा जिल्ला कमिटी सदस्य धनेशदत्त पन्त, सुरेन्द्र शाही, जिल्ला लेखा आयोग उपाध्यक्ष विष्णु प्रसाद खनाल, नेकपा एमाले नेता टंक बोहरा, बेलौरी नगर कमिटीका उपाध्यक्ष सहवीर महतरा, उपसचिव मिश्रिलाल राना,बेलौरी उद्योग बाणिज्य संघका सदस्य देव बहादुर शाही लगायत एमाले नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।धान दिवसको अवसरमा दही चिउरा खाई खिरिया स्थित बेलौरी नगरपालिका वडा नम्बर ३ का स्वर्गिय वडाध्यक्ष सिताराम रिजालको करिब ६ कठ्ठा खेतमा धान रोपी कार्यक्रम गरिएको थियो।
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य यज्ञप्रसाद कँडेलले सरकारले किसानले लगाएको खेतीबालीको उचित मूल्य नतोकेको बताउँदै सरकारले मूल्य त तोक्ने तर तोकेको मूल्यमा खरिद नगरिदिनाले किसानहरू माथि उठ्न नसकेको बताउनुभयो।किसानका लागि समयमा मलखादहरु उपलब्ध गराउनु पर्नेमा जोडदिनुभयो। कार्यक्रममा बोल्दै नेकपा एमाले बेलौरी नगर कमिटीका अध्यक्ष नमराज शाहीले कृषि क्रान्तिकालाई संरक्षण नगरी विकासमा उत्थान नहुने बताउँदै रोपाई गर्नु गौरवको विषय हो। यसमा सबैले जोड्नु आवश्यक रहेको बताउनुभयो। आज नेकपा एमालेले देशभरका प्रत्येक पालिकामा आयोजना गरेको २२औं राष्ट्रिय धान दिवस मनाउने निर्णय भएको समेत बताउनुभयो।
प्रतिक्रिया दिनुहोस