माधब पौडेल,१४ असार। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ को गोकलपुरस्थित सार्वजनिक खेल मैदान वरिपरि नेकपा एमालेको केन्द्रिय कार्यालयको सर्कुलर अनुसार एमाले नेता स्वर्गिय मदन भण्डारी ७४ औं जयन्तीको अवसरमा करिब दुई सय पचास वटा विभिन्न प्रजातिका बिरुवाहरु रोपी वृक्षारोपण कार्यक्रम गर्दै मनाएको छ।कार्यक्रको सभापति नेकपा एमाले बेलौरी नगर कमिटीका अध्यक्ष नमराज शाही, प्रमुख नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य यज्ञ कँडेल, प्रदेश सल्लाहकार सदस्य कलबिर चौधरी अतिथिमा जिल्ला कमिटी सदस्य धनेशदत्त पन्त, सुरेन्द्र शाही, जिल्ला लेखा आयोग उपाध्यक्ष विष्णु प्रसाद खनाल, नेकपा एमाले नेता टंक बोहरा, बेलौरी नगर कमिटीका उपाध्यक्ष सहवीर महतरा, उपसचिव मिश्रिलाल राना,बेलौरी उद्योग बाणिज्य संघका सदस्य देव बहादुर शाही लगायत एमाले नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
मदन भण्डारी ७४ औं जयन्तीको अवसरमा नेकपा एमाले केन्द्रीय कार्यालयको सर्कुलर अनुसार विभिन्न प्रजातिका बिरुवाहरु लगाइएको नेकपा एमाले बेलौरी नगर कमिटीका अध्यक्ष नमराज शाहीले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस