माधव पौडेल, कञ्चनपुर, २० जेठ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को सुदूरपश्चिम प्रदेशस्तरीय भावसम्प्रेषण तथा दोस्रो भेला मंगलबार बेलौरी नगरपालिका वडा नं. ६ स्थित प्रेम होटल एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । भेलालाई सम्बोधन गर्दै अध्यक्ष डा. भट्टराईले देशमा भएका राजनीतिक परिवर्तनहरू अझै संस्थागत हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले हालका राजनीतिक दलहरू सत्ता केन्द्रित राजनीतिमा रमाउँदै देशको विकासमा अपेक्षित ध्यान नदिएको टिप्पणी गर्नुभयो । “सरकारमा रहेका दलहरूले दोहोरो चरित्र देखाइरहेका छन्,” उहाँले भन्नुभयो । भट्टराईका अनुसार अबको परिवर्तन वैकल्पिक शक्तिबाट मात्रै सम्भव छ र पार्टी अहिले विस्तारको चरणमा रहेको जानकारी दिनुभयो ।भेलामा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का केन्द्रिय उपाध्यक्ष दुर्गा शोब, केन्द्रिय लेखा आयोगका अध्यक्ष डाक्टर जनकराज शाह, केन्द्रिय सदस्य सत्यदेवी चापागाईं, रतन टमाटा लगायत सुदुर पश्चिम प्रदेश समितिका पदाधिकारीहरुको उपस्थिति रहेको नयाँ शक्ति पार्टीका नेता अमर सिंह विष्टले जानकारी दिनुभयो। भेलाले अधिवेशनका लागी हरी तिमिल्सेनाको संयोजकत्वमा ९ सदस्यीय अधिवेशन कमिटी चयन गरेको जिल्ला इन्चार्ज देपेन्द्र शाहीले जानकारी दिनुभयो।कार्यक्रम सुदुर पश्चिमको संस्कृति झल्काउने छलिया नाँच प्रस्तुत गरिएको थियो।
प्रतिक्रिया दिनुहोस